• २०८१ बैशाख ८ शनिबार

चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ 

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईलाई घुससहित पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिकाको कार्यालय, बलम्बु, काठमाडौंमा कार्यरत लेखा अधिकृत भट्टराईले सडक मर्मत सम्पन्न पश्चातको रकम भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले निज लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईलाई सेवाग्राहीसँग २० हजार घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसर बाहिरबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै