• २०८१ बैशाख ७ शुक्रबार

रियल म्याड्रिड बराबरीमा रोकियो 

kharibot

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिड ला लिगाअन्तर्गतको खेलमा लेगानेजसँग बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिड लेगानेजसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

लेगानेजले खेलको ४५औ मिनेटमा जोनाथन सिल्भाको गोलले अग्रता लिएको थियो । तर खेलको ५१औं मिनेटमा रियलका लागि क्रिम बेन्जमाले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि रियल म्याड्रिडले एथलेटिकोसँगको अंक दुरी कम गर्ने प्रयास असफल भएको छ । लिगमा अब ३२ खेल सकिदा रियल ६१ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै एथलेटिको म्याड्रिड ६५ अंकसहित दोस्रो र बार्सिलोना ७४ अंकसहित पहिलो स्थानमा रहेको छ ।

रियल म्याड्रिडले अब ला लिगामा अर्को खेल आगामी आइतबार एथलेटिक बिबालोसँग खेल्दै छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै