• २०८१ बैशाख ८ शनिबार

जितपछि आर्सनल लिगमा चौथो स्थानमा उक्लियो 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगअन्तर्गत आर्सनलले वाटफोर्डलाई पराजित गर्दै लिगको चौथो स्थानमा उक्लिएको छ । 

गएराती सम्पन्न खेलमा आर्सनलले वाटफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा पिएरे ईमरिक अउबमेयांगले खेलको १०औ मिनेटमा खेलको एक मात्र गोल गरेका थिए । ईमरिक अउबमेयांगले लिगमा आफ्नो १८औ गोल गर्दै आर्सनललाई महत्वूर्ण जित दिलाएका हुन् ।

वाटफोर्डका ट्रोय डीने खेलको ११औ मिनेटमा रातो कार्ड पाएर मैदान छोडेपछि वाटफोर्ड १० खेलाडीमा सिमित भएको थियो ।

जितपछि आर्सनल लिगमा ३३ खेलमा ६६ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ भने वाटफोर्ड ३३ खेलमा ४६ अंकसहित १०औ स्थानमा रहेको छ । 

आर्सनलले अब अर्को खेल युरोपा लिग अन्तर्गत नापोलीसँग आगामी विहिबार खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै