• २०८१ बैशाख ७ शुक्रबार

वैशाख २ गतेलाई ‘विद्यालय भर्ना’ दिवसका रुपमा मनाइने 

kharibot

काठमाडौँ । सरकारले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा पुर्याउनका लागि विद्यालय भर्ना अभियानलाई सघन ढङ्गले सञ्चालन गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दुई सातासम्म तीनै तहको सरकारको पहलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा देशव्यापी रुपमा विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । 

बैठकले हरेक वर्ष वैशाख २ गतेलाई ‘विद्यालय भर्ना’ दिवसका रुपमा मनाउने निर्णय पनि गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । तीनै तहका सरकार, सरकारी निकाय तथा सरोकार पक्षको सहकार्यमा दिवस मनाइने छ ।

यसैगरी बैठकले अन्तरराष्ट्रिय महत्वका समसामयिक विषयमा विमर्श चलाउन ‘सगरमाथा डाइलग’ नामको स्थायी मञ्च बनाउने निर्णय गरेको छ । सोअनुसार पहिलो कार्यक्रमका रुपमा आउँदो आर्थिक वर्षमा जलवायु परिवर्तनसम्बन्धी विषयमा संवाद गरिनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै