• २०८१ बैशाख १३ बिहीबार

फुटबल खेलमा गोलकिपरको दुवै खुट्टा भाचिएपछि...(भिडियो सहित) 

kharibot

काठमाडौँ । अफ्रिकन च्याम्पियन्स लिग अन्तर्गतको क्वाटरफाइनलको एक खेलमा गोल किपरको दुवै खुट्टा भाचिएको छ । होरोया क्लबका गोलकिपर खदिम नदिया आफ्नै साथी खेलाडीसँग ठोक्किएपछि उनका दुवै खुट्टा भाचिएका हुन् ।

सेनेगलका खेलाडी खदिम आफ्नो गोल पोस्ट नजिकको बल क्लियर गर्नेक्रममा आफ्नै साथी खेलाडी बोउबकर समस्कोउसँग ठोक्किएका हुन् । सो घटना पछि उनलाई स्टेचरमा राखेर मैदान बाहिर लागिएको थियो ।

सो खेलमा वाइडाड कासाबलान्साले होरोयालाई ५-० गोल अन्तरले पराजित गरेको थियो ।

क्लबले खदिमको अप्रेशन भैरहेको बताएको छ । ३४ बर्षिय गोलकिपरको सो घटनापछि यसै सिजनमा क्लबसँग सकिने उनको सम्झौतालाई थप ३ बर्षका लागि नवीकरण गरिएको क्लबले जानकारी दिएको छ ।

उनको उपचारमा थप सहयोग होस् भनेर यस्तो निर्णय गरिएको क्लबले जनाएको छ । उनी कहिलेसम्म ठिक हुन्छन् भन्ने बारे अहिले नै केहि भन्न नसकिने क्लबले जानकारी दिएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै