• २०८१ बैशाख ८ शनिबार

सलमानको ‘भारत’ को पहिलो पोष्टर रिलिज 

kharibot

मुम्बई । बलिवुडको यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘भारत’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता सलमान खान प्रमुख भूमिकामा भएको यस फिल्ममा उनलाई नयाँ लुक्समा देख्न सकिन्छ । सोमबार जारी फिल्मक पहिलो पोष्टरमा सलामान एक वृद्ध पुरुषको गेटअपमा प्रस्तुत गरिएको छ । 

सलमानले आफ्नो सामाजिक संजालमा पोस्टर सेयर गर्दै उनले लेखेका छन्, 'जति सेतो मेरो कपाल र दाह्री छ, त्योभन्दा बढी रंगीन मेरो जिन्दगी छ ।' ‘भारत’ मा सलमान १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको भूमिकामा देखिनेछन् । यो फिल्ममा उनको ६ अलग-अलग लुक्स रहेको बताइएको छ । फिल्म यही इदमा रिलिज हुँदैछ । 

यो फिल्ममा सलमानको अपोजिटमा अभिनेत्री कटरीना कैफ रहेकी छन् । त्यस्तै फिल्ममा अभिनेता जैकी श्राफले सलमानको पिताको भूमिका निभाएका छन् । फिल्ममा अभिनेत्री दिशा पाटनी, सोनाली कुलकर्नी, सुनिल ग्रोवरको पनि अभिनय छ । फिल्मलाई अली अब्बास जाफरले निर्देशन गरेका छन् । जाफरले यसअघि सलमानसँग 'सुल्तान' र 'टाइगर जिन्दा हे'  फिल्म बनाएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै