• २०८१ बैशाख ७ शुक्रबार

प्रतिस जिसीको तुफानी ब्याटिंगपछि ओमानले पायो २३० रनको लक्ष्य

kharibot

काठमाडौँ । यू-१९ विश्वकप क्रिकेटको एशिया स्तरको छनौट अन्तर्गत आज नेपाली युवा टिमले ओमानविरुद्ध खेलिरहेको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपाली टिमले ओमानलाई २३० रनको लक्ष्य दिएको छ । नेपाल ४३.२ ओभरमा अलआउट हुदै २२९ रनमा समेटिएको हो ।

नेपालको इनिंगमा पुछारका ब्याट्सम्यान प्रतिस जिसीले तुफानी ब्याटिंग गरेपछि नेपालले ओमानलाई सम्मानजनक लक्ष्य दिन सफल भएको हो । प्रतिसले तुफानी ब्याटिंग गर्दै २३ बलमा ४१ रन बनाएका थिए । जिसीले आफ्नो पारीमा ४ छक्का र २ चौका प्रहार गरेका थिए । १०औं विकेटका लागि प्रतिस र सुर्य तामाङले ५१ रनको साझेदारी गरेका थिए । तामाङले ७ रन बनाएर जिसीलाई साथ दिएका थिए ।  

त्यस्तै कप्तान रोहित पौडेलले सर्वाधिक ७५ रन बनाए । रोहितले ८१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ७५ रन बनाएका हुन् । त्यस्तै भीम सार्कीले ३९ रन बनाए ।

त्यसैगरी अभिषेक बस्नेतले १५, रीत गौतमले १० रन बनाए । अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन । पवन सराफ ५, सन्दीप जोरा ४, हरिबहादुर चौहान २, कुशल मल्ल २, कमलसिंह ऐरीले १ रन बनाएर आउट भए ।

ओमानका बलर संजय रविन्द्र, जील तन्ना, मुजाहिर राजा र अजाम अलीएल २-२ विकेट लिए भने यश मेहता, र प्रथमेश कुम्बले एक एक विकेट लिए ।

प्रतियोगितामा नेपालले यस अघि खेलेका ३ मध्ये २ खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको छ । त्यस्तै ओमान ३ खेलमा एक खेलमा जित र २ खेलमा पराजित भएको छ ।

यस प्रतियोगिताको विजयी टिम सिधै एशियाबाट सन् २०२० को जनवरी फेब्रुअरीमा दक्षिण अफ्रीकामा हुने यू-१९ विश्वकप क्रिकेटमा छनौट हुने छ ।

प्रतियोगिता अन्तर्गत नेपालले अब छनौट खेलको अन्तिम तथा पाँचौ खेल अप्रिल १८ मा कुवेतविरुद्ध खेल्ने छ ।

मलेसियामा हुने एशिया स्तरको यू-१९ विश्वकप छनौट खेलका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिम खेलिरहेको छ ।

यस खेलमा रोहितकुमार पौडेल (कप्तान), मोहमद आसिफ शेख, पवन सराफ, सन्दीप जोरा, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल र  हरि बहादुर चौहान खेलेका छन् ।

त्यस्तै टिमको प्रमुख कोचमा बिनोद कुमार दास रहेका छन् भने बिक्रम न्यौपाने फिजियो तथा टिम म्यानेजर तथा एनालिष्ट रमन शिवाकोटी रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै