• २०८१ बैशाख १३ बिहीबार

भिडियो च्यालेन्ज आफ्नो पर्यटकीय क्षेत्रलाई उजागर गर्ने फोरम हो – दीपकराज जोशी 

kharibot

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी । 

काठमाडौँ । वि विल राइज फाउन्डेसनले संचालन गरेको भिडियो च्यालेन्ज अभियानमा धेरैको चासो बढेको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले भिडियो च्यालेन्ज अभियान आ-आफ्नो क्षेत्रमा रहेका सम्पदाहरुको उजागर गरेर माया गर्ने, संरक्षण गर्ने एउटा सहि फोरम रहेको बताएका छन् । 

खरीबोटसँग भिडियो च्यालेन्ज बारे कुरा गर्दै जोशीले भने, ‘नेपालमा धेरै सम्पदा, संस्कार, संस्कृति,कलाकौशलतामा विविधता छ । सम्पदाहरु माथिको आकर्षण गतिविधिहरुलाई आआफ्नो क्षेत्रमा आआफुले उजागर गरेर माया गर्ने, संरक्षण गर्ने एउटा फोरम क्रियट गरेको हो ।’   

नेपालको पर्यटन गन्तव्यको हिसावले पर्वतीय र साहसीक आकर्ष मात्र छ भन्ने खालको पहिचान बनेको भन्दै प्रमुख कार्यकारी अधिकृत जोशीले नेपालसँग विश्व सम्पदा सुचिमा परेका( हेरिटेज),वल्ड लाइफ कल्चर अझै बढि आकर्षक भएको हुनाले त्यो कुरालाई यस्ता अभियानले समेट्नु पर्ने बताए । 

नेपाल घुम्न आउनु भनेको नै जीवनमा कहिल्यै नगरेको अनुभुति लिन सक्ने खालको गतिविधिमा संलग्न हुनु हो भन्दै उनले यस च्यालेन्जले लुकेर बसेका त्यस्ता था हरुलाई बाहिर ल्याएर नेपालको पर्यटन विकासमा ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।  

‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराइने  

नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी वि विल राईज फाउण्डेसनले ओझेलमा रहेका पर्यटकीय थलोहरुको खोजी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’ संचालन गरीरहेको छ । यसै सन्दर्भमा विश्वको सर्वोच्च शिखर सगरमाथाको १३ औं पटक सफल आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराउने भएका छन् ।  

मुलुकको प्रत्येक गाउँठाउँमा पर्यटन जागरण सन्देश फैलाउने अभियानको प्रयास अनुरुप आरोहणको १४ औं पटक ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराउने फुर्वाको प्रतिबद्धतालाई सम्मान गर्दै उनलाई झण्डा हस्तान्तरण गर्ने कार्यक्रम बुधबार आयोजना गरिदै छ ।

यस्तो छ भिडियो च्यालेन्ज अभियान :

देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन्। प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार पनि पाउने छ ।

दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कारको पाउँछन्। पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले पनि एक लाख रुपैयाँकै पुरस्कार पाउने छ। 

साथै, उत्कृष्ट सम्पादन र लेखनले भिडियो पनि छनोट र यसलाई भने २५/२५ हजार रुपैयाँको पुरस्कार दिइने फाउन्डेसनले जानकारी दिएको छ। उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट दुई लाख रुपैयाँको एकेडेमिक कोर्सको ज्ञान पनि पाउने भएका छन्।

कुनै पनि भिडियो नदोहोरियोस् र कसले कुन ठाउँ वा विषय उठान गर्दैछ भन्ने जानकारीका निम्ति फाउन्डेसनको वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी (www.wwrf.org.np) मार्फत अनलाइन फम भर्नुपर्ने छ। यसपछि आफूले तयार पारेको भिडियो भने गुगल ड्राइभमार्फत संकलन गर्न सकिने छ। यसको प्रवर्द्धनको निम्ति नेपाल पर्यटन बोर्डले सहयोगी भूमिका निर्वाह गरेको छ । साथै खरीबोट डट कम पनि यस अभियानको मिडिया सहयोगी रहेको छ l


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै