• २०८१ बैशाख ८ शनिबार

अयाक्ससँग पराजित भएपछि युभेन्टस चाम्पियन्स लिगबाट बाहिरियो  

kharibot

काठमाडौँ । युभेन्टस चाम्पियन्स लिगबाट बाहिरिएको छ ।

गएराती सम्पन्न च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लिगमा अयाक्ससँग २-१ गोल अन्तरले पराजित भएसंगै समग्रमा ३-२ गोल अन्तरले पराजित हुदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

अयाक्सको जितमा भान डी बीक र डी लाइटले एक एक गोल गरेका थिए भने युभेन्टसका लागि एक गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए ।

रोनाल्डोले खेलको ३४औ मिनेटमा गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाए पनि अयाक्सले उत्कृष्ट कमब्याक गर्दै खेल जितेको थियो । अयाक्सका लागि खेलको ३४औ मिनेटमा डी बिक र ६७औ मिनेटमा डी लाइटले गोल गरेका थिए ।

यसै सिजनमा रियल म्याड्रिडबाट युभेन्टसआएका रोनाल्डो पछिल्लो ४ बर्षमा पहिलो पटक च्याम्पियन्स लिगमा फाइनल नपुगी बाहिरिएका छन् ।

यो जितसँगै अयाक्स प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा अयाक्सले टोटनह्याम र म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्ने छ ।    
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै