• २०८१ बैशाख १३ बिहीबार

बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा, मेसीले गरे दुई गोल 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना सेमिफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा म्यानचेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ४-० को नतिजासहित बार्सिलोना सेमिफाइनलमा पुगेको हो । बार्सिलोनाले पहिलो लिगमा १-० को अग्रता लिएको थियो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि २ गोल लियोनेल मेसीले गरेका थिए भने एक गोल फिलिप कोटिन्होले गरेका थिए ।

मेसीले खेलको १६औ र २०औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै कोटिन्होले खेलको ६१औ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर पारेका थिए ।

बार्सिलोना सन् २०१४-१५ सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । त्यस्तै युनाइटेड च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट अहिलेसम्म ७ पटक बहिएको रेकर्ड बनाएको छ ।

बार्सिलोनाले अब सेमिफाइनलमा लिभरपुल र पोर्टोबीचको विजेतासँग खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै