• २०८१ बैशाख ११ मंगलबार

काँग्रेसको ‘हिपतम’ जागरण अभियान घोषणा

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टी सङ्गठन सुदृढीकरणका लागि देशभर ‘हिमाल, पहाड, तराई–मधेश ९हिपतम० राष्ट्रिय जागरण अभियान शुरु गर्ने भएको छ । यही वैशाख ११ गतेदेखि अभियान शुरु हुनेछ । 

काँग्रेसले सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित जागरण अभियान २०७६ साल भरी तीन चरणमा सम्पन्न हुने जनाइएको छ । पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचीत गर्ने, राष्ट्रव्यापी रुपमा पार्टीमा एकता कायम गर्दै पार्टी सुदृढीकरणका विविध गतिविधि गर्ने, काङ्ग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको उपलब्धी नागरिकमा पुर्याउने अभियानका उद्देश्य छन् । 

अभियानका पन्ध्र उद्देश्य 

त्यस्तै सरकारका भ्रष्टाचारलगायत विसङ्गतिपूर्ण कृयाकलापबारे नागरिकमा  प्रष्ट्याउने, तराई–मधेशलगायत मुलुकको कतिपय भू–भागमा रहेका असन्तुष्टिको समाधान सूत्र विगतमा काङ्ग्रेस नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो भन्ने तथ्यलाई प्रस्ट्याउँदै जनमत र वातावरण निर्माण गर्ने अभियानको लक्ष्य रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

अभियानले कुटनैतिक क्षेत्रमा प्रस्तुत अपरिपक्वता, शेयर बजारप्रतिको नकरात्मक व्यवहार र उब्जिएको प्रतिकुल परिणाम, बौद्धिक समुदायप्रतिका अबौद्धिक टिप्पणी,  चिकित्सा शिक्षा क्षेत्रमा बढेको बेथिति, प्रेस स्वतन्त्रतामाथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अनेक प्रयत्न आदिका विरुद्ध खबरदारी र काङ्ग्रेसको सदस्यता वितरण एवं विस्तार गर्दै पार्टीको केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, गाउँ÷नगर टोलसम्म व्यापक ढङ्गले प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्नेलगायत १५ उद्देश्य राखेको उनले बताए । 

अभियान तीन चरणमा

अभियान प्रथम चरणमा यही वैशाखको लोकतन्त्र दिवसमा प्रारम्भ भई जेठ ११ मा समापन हुनेछ । दोस्रो चरण भदौ २४ गते बिपी जयन्तीका दिन प्रारम्भ भई असोज ७ मा समापन हुने र तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते मेलमिलाप दिवसमा समापन हुने कार्यतालिका रहेको प्रवक्ता शर्माले बताए ।

त्यस्तै प्रथम चरणमा ७७ जिल्लामा पार्टीका केन्द्रीय प्रतिनिधि पुगेर एक महीना सोही क्षेत्रमा निर्धारित कार्यक्रम सम्पन्न गर्ने पार्टी कार्यालयले जनाएको छ । दोस्रो चरणमा ३३० प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पुग्ने र १५ दिन सम्बन्धित क्षेत्रमा निर्धारित कार्यक्रम गर्ने बताइएको छ । तेस्रो चरणमा ७५३ स्थानीय तहमा केन्द्रीय प्रतिनिधि पुगेर १० दिनसम्म निर्धारित कार्यक्रम गरिने जनाइएको छ । 

अभियानको समयावधिभर पार्टी केन्द्रीय समितिदेखि सबै तहको नेतृत्व र सदस्यको सम्पूर्ण रुपले सहभागिता र सक्रियता रहने छ । पार्टीका सम्पूर्ण भ्रातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समिति, काठमाडाँैस्थित जिल्ला सम्पर्क समिति तथा शुभचिन्तक सबैलाई जागरण अभियानमा ऐक्यबद्ध ढङ्गले सहभागी र क्रियाशिल गराइने पार्टी जनाएको छ । 

अभियानको उद्घाटन ७७ स्थानमा एउटै समयमा गरिने छ । काठमाडौँ जिल्लामा केन्द्रीय सभापतिले कार्यक्रम उद्घाटन गर्ने छन् । अन्य ७६ जिल्लामा सोही समयमा पार्टी केन्द्रबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिले उद्घाटन गर्ने बताइएको छ । 

भ्रातृ सस्थाले दोश्रो दिन, शुभेच्छुक संस्थाले तेस्रो दिन र विदेशस्थित जनसम्पर्क समितिले अभियान प्रारम्भपछिको प्रथम या द्वितीय आइतबार अथवा शुक्रबार आफ्नो अनुकुलतामा र काठमाडौँस्थित जिल्ला सम्पर्क समितिले अभियान प्रारम्भपछिको पहिलो र दोस्रो शनिबारमध्ये अनुकूल छनौट गरी अभियान प्रारम्भ गर्ने प्रवक्ता शर्माले बताए ।

अभियानअन्तर्गत पार्टीका पुराना अग्रजलाई घरमै पुगेर सम्मान गर्ने, स्वास्थ्य स्थिति, घरायसी स्थिति बुझ्नुका साथै पार्टीका लागि आवश्यक सल्लाह र सुझाव लिने, संघर्षको अनेक कालखण्डमा जीवन गुमाएका शहीदहरुको घर परिवार भेट्न जाने कार्यक्रम छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै