• २०८१ बैशाख ४ मंगलबार

युभेन्टसको लगानी र रोनाल्डोको सपना दुवै डुब्यो ! 

kharibot

काठमाडौँ । इटालियन क्लब युभेन्टसको च्याम्पियन्स लिग जित्ने सपना टुटेको छ । गएराती अयाक्ससँग आफ्नै घरेलु मैदानमा २-१ गोल अन्तरले पराजित भएसँगै युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

च्याम्पियन्स लिग जित्नकै लागि यस सिजनको सुरुवातमा क्रिस्टियानो रोनाल्डोलाई भित्राएको युभेन्टसको रोनाल्डोमाथि गरेको एक सय मिलियन युरोको लगानीले पनि परिणाम आफ्नो पक्षमा पार्न सकेन ।

पछिल्लो तीन बर्ष लगातार रियल म्याड्रिडमा च्याम्पियन्स लिगको उपाधि जितेका रोनाल्डोलाई भित्राएर च्याम्पियन्स लिग जित्ने दाउमा रहेको थियो । तर रोनाल्डोको एकल प्रयासले मात्र च्याम्पियन्स लिग जित नसकेको हो । युभेन्टसको मिडफिल्ड कमजोर नै देखियो भने डिफेन्समा पनि धेरै कमजोरी देखिए ।

रियल म्याड्रिडमा जस्तो रोनाल्डोलाई मिडफिल्डमा सपोर्ट गर्ने लुका मोड्रीच, टोनी क्रुज, मार्सेलोजस्ता खेलाडीको कमि युभेन्ट्समा देखियो । अयाक्सको चुस्त मिडफिल्ड र बलियो डिफेन्सका अगाडी रोनाल्डोले खासै केहि गर्न सकेनन् । समग्रमा अयाक्सविरुद्धको खेलमा युभेन्ट्सको खेल कमजोर नै देखियो । 

युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएसंगै रोनाल्डो र युभेन्टसका फ्यानहरुले कडा प्रतिक्रिया दिन थालेका छन् । धेरैजसोले समग्र युभेन्ट्सको टिम बलियो नभएको प्रतिक्रिया दिएका छन् । रोनाल्डोले पछिल्ला तीन खेलमा ५ गोल गरे तर प्रतियोगितामा अगाडी बढ्न त्यो पर्याप्त भएन ।

यससँगै रोनाल्डो अब यस सिजनका लागि बेलुन डो अर, बर्ष खेलाडी जस्ता प्रतिष्ठित अवार्डको दौडबाट पनि बाहिरिएका छन् ।

रोनाल्डोमाथि युभेन्टसले ट्रान्सफर फिस र पारिश्रमिक गरेर करिन ३४१ मिलियन युरो खर्च गरेको छ । तर अब युभेन्टसको २३ बर्षदेखिको च्याम्पियन्स लिग जित्ने प्रतिक्षा अब अझै कम्तिमा एक सिजन पर्खिनुपर्ने भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै