• २०८१ बैशाख १२ बुधबार

भारतमा ‘टिक टक’ मा प्रतिबन्ध !

kharibot

काठमाडौँ । गुगलले अहिलेको चर्चित भिडियो एप टिक टकलाई भारतमा प्रतिबन्ध लगाएको छ ।

भारतको मद्रास उच्च अदालतले एक आदेश दिदै टिकटकलाई प्रतिबन्ध लगाउन आदेश दिएपछि सोहि आदेश अनुसार गुगलले आफ्नो प्लेस्टोरबाट टिक टकलाई भारतमा प्रतिबन्ध लगाइएको हो  । अदालतले टिक टकको माध्यमबाट अस्लिल सामग्री प्रस्तुत भएको भन्दै अदालतले यसलाई प्रतिबन्ध लगाउन आदेश दिएको थियो  । 

अदालतको आदेश अनुसार भारत सरकारले गुगल र एप्पललाई टिक टकलाई रोक लगाउन निर्देशन दिएसँगै गुगलले आफ्नो प्ले स्टोरमा मंगलबार देखि टिकटक ब्लक गरेको हो  ।  

एप्पलको एप स्टोरमा भने टिकटकलाई अझै प्रतिबन्ध लगाइएको छैन  । भारत सरकारको निर्देशन प्रति एप्पलले अहिलेसम्म कुनै जवाफ नदिएको भारतीय मिडियाले बताएका छन्  । 
एप विश्लेषण गर्ने कम्पनी सेन्सर टावरका अनुसार भारतमा गत फेब्रुअरीसम्म टिक टक एप २४ करोड पटक डाउनलोड गरिएको छ ।

टिकटक एक चिनियाँ मोबाइल एप हो, जसबाट छोटा छोटा भिडियो अपलोड गर्न सकिन्छ । यो सामाजिक संजालको अहिलेको अर्को चर्चित एप हो । चिनियाँ कम्पनी बाइटडान्सले सन् २०१६ मा बनाएको यो एप छोटो भिडियो पोस्ट गर्नका लागि प्रख्यात छ । २०१८ देखि यो विश्वका १५० देशमा ५ फरक फरक भाषामा उपलब्ध रहेको छ । यस एपमा ३-१५ सेकेन्डको म्युजिक भिडियो बनाउन सकिन्छ । संसारभर यस एपबाट हरेक दिन एक बिलियन पटक भिडियो हेरिने गरेको बताइन्छ ।

सेन्सर टावरका अनुसार विश्वमा सन् २०१८ मा फेसबुक, ह्वाट्स एप, फेसबुक म्यासेन्जरपछि धेरै डाउनलोड हुने एपमा टिक टक रहेको थियो । २०१८ मा मात्र टिक टक ६६३ मिलियन डाउनलोड गरिएको थियो ।      
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै