• २०८१ बैशाख १२ बुधबार

इन्डोनेसियामा चुनाव सम्पन्न, कडा प्रतिस्पर्धाको सम्भावना

kharibot

इन्डोनेसिया । इन्डोनेसियामा राष्ट्रपति र संसदका लागि बुधबार भएको आमनिर्वाचनको मतदान समय समाप्त भएको छ ।

पूर्वदेखि पश्चिमी भाग करिब पाँच हजार किलोमिटर दूरी रहेको तथा ससाना हजारौं द्वीप रहेको मुस्लिम बहुल राष्ट्र इन्डोनेसियाको चुनाव व्यवस्थापन निकै जटिल मानिन्छ ।

राष्ट्रपति जोको विडोडो पनि चुनावी मैदानमा हुनुहुन्छ । उहाँलाई पूर्व सैनिक जनरल प्रावोओ सुबियान्तोले कडा टक्कर दिएको मतसर्वेक्षणहरुले देखाएका छन् । विडोडोले सन् २०१४ मा पनि जनरल सुबियान्तोलाई नै झिनो मतान्तरमा पराजित गरेका थिए ।

अधिकांश मतसर्वेक्षणहरुले विडोडो नै निर्वाचित हुने अनुमान गरेका छन् । तर विपक्षीहरुले चुनावमा कडा प्रतिस्पर्धा हुने दाबी गरेका छन् ।

सेतो सर्ट र परम्परागत पेकी टोपी लगाएर बोगोरको मतदान केन्द्रमा पुगेका सुबियान्तोले आफू यसपटक निर्वाचित हुनेमा पूर्ण रुपमा विश्वस्त रहेको बताए ।

राष्ट्रपति विडोडोले भने प्रथम महिला इरियाना विडोडोका साथ राजधानी जकार्तामा मतदान गरेका थिए ।

“मैले सन्तोषको श्वास फेरेको छु,” मतदान गरेपछि सञ्चारकर्मीसँग विडोडोले भने ।

मतदान सकिएको दुई घण्टापछि नै मतदान केन्द्रहरुबाट नमुना मतपत्रका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गरिने निर्वाचन आयोगले तयारी गरेको छ । तर राष्ट्रपतिमा विजयीको घोषणा बुधबार अपराह्नसम्ममा गरिनेछ, तर राष्ट्रपतिका विजयीको औपचारिक घोषणा मे महिनामा मात्र हुनेछ ।

चुनावमा कुनै विवाद उत्पन्न भएमा संवैधानिक अदालतले छिनोफानो गर्ने संवैधानिक प्रावधान रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै