• २०८१ बैशाख १२ बुधबार

अफगानिस्तानमा एक्काइस तालिबान मारिए, २१ गाउँ फिर्ता

kharibot

अफगानिस्तान । अफगानिस्तानको घाज्नी प्रान्तका कैयौँ भागमा तालिबान लडाकूविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा २१ तालिबान सशस्त्र विद्रोही मारिएका छन् ।

सो कारबाहीपछि तालिबानको नियन्त्रणमा रहेका विभिन्न २१ ओटा गाउँ यहाँको सुरक्षा निकायले फिर्ता गरेको पनि समाचारमा जनाइएको छ ।

प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो जानकरी दिएका छन् । घाज्नी प्रान्तको प्रान्तीय राजधानी गजनी शहरको कानूनअनुसार सो गाउँ तालिबानको नियन्त्रणबाट फर्काउने क्रममा तालिबानका कमाण्डर काजी हसनसहित नौ जना तालिबान लडाकू मारिएका छन् ।

त्यसैगरी गिलान कराबाघ र आब्जा ओमारी जिल्लाका २० भन्दा बढी गाउँमा गरिएको कारबाहीको क्रममा एक दर्जन भन्दा बढी तालिबान लडाकू मारिएका छन् ।

यस कारबाहीमा करिब २१ ओटा गाउँ प्रहरीले तालिबानबाट पुनः नियन्त्रणमा लिएको बताइएको छ । यस कारबाहीको क्रममा करिब एक दर्जन व्यक्ति घाइते भएका पनि बताइएको छ ।

सो कारबाहीबारे अफगानिस्तानको सेनाले विज्ञप्ति प्रकाशन गरी जानकारी गराएको छ । त्यस कारबाहीका क्रममा अफगानिस्तानको सुरक्षा निकायका अधिकारी के कति हताहत भए भन्ने बारेमा भने केही बताइएको छैन ।

अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेका तालिबानले गएको शुक्रबारबाट सरकारका विरुद्धको आक्रामक कारबाही भनी घोषितरुपमा नै आक्रमण गरिरहेका छन् ।

उनीहरुले अफगानिस्तानका सरकारी कार्यालय, सुरक्षाकर्मी र अरु सर्वसाधारणलाई पनि आक्रमणको निसाना बनाएका बताइएको छ ।

केही समयअघि अमेरिकी अगुवाईमा अफगानिस्तानका तालिबानसँग शान्ति वार्ता गर्ने भनी प्रक्रिया अघि बढाइएको भनिएको भए पनि सो वार्ता सफल हुन सकेन । त्यसपछि तालिबानले यस्तो कारबाही थालको हुन् ।

तालिबानले घोषित रुपमा सुरु गरेको भनिएको यस आक्रामक कारबाहीको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले निन्दा गरेको छ । तालिबानहरुले शुक्रबारदेखि सो कारबाही थालेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै