• २०८१ बैशाख १२ बुधबार

४.९९ अंक बढ्यो नेप्से, रू. ८२ करोड १६ लाखको कारोबार 

kharibot

काठमाडौं । साताको चौथो कारोबार दिन आज बुुधबार पनि नेप्से सूचक तथा कारोवार रकम दुुबै नै बढेका छन् । नेप्से चार दशमलव ९९ अंकले बढेर १२ सय सात दशमलव चार बिन्दुुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३२ अंकले बढेर दुुई सय ६१ दशमलव ५७ बिन्दुुमा चढेको छ ।

एक सय ७१ कम्पनीहरुको नौ हजार पाँच सय ९७ वटा कारोवारमा २८ लाख एक हजार छ सय १३ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ८२ करोड १६ लाख ९८ हजार १० रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १० वटा समूहको कारोवार भएकोमा चार वटा समूहले गुमाएका छन् भने छ वटा समूहले कमाएका छन् । यसमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ९३ अंकले बढेर एक हजार ९६ दशमलव ३४ बिन्दुुमा चढ्दा विकास बैंक समूहको सूचक चार दशमलव नौ अंकले बढेर १५ सय सात दशमलव ९४ बिन्दुुमा चढेको छ ।

यसैगरी, होटल र जीवन बीमा समूहको सूचक पनि बढेको छ । जलविद्युुत् समूहको सूचक भने शून्य दशमलव ४४ अंकले घटेर ११ सय ३८ दशमलव ८७ बिन्दुुमा झर्दा निर्जीवन बीमा समूहको सूचक नौ दशमलव ३८ अंकले घटेर पाँच हजार चार सय ८२ दशमलव २१ बिन्दुुमा झरेको छ । यी बाहेक फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त समूहको सूचक पनि घटेका छन् । 

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सिभिल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ ७५ पैसाले बढेर छ सय २५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको कर्पोरेट डेभलपमेन्ट बैंकको प्र्रतिकित्ता सेयर मूल्य चार रुपैयाँ ८१ पैसाले घटेर ९४ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी, रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको एनएमबी बैंकको प्रतिकित्ता तीन सय ८८ रुपैयाँ अन्तिम मूल्यमा सात करोड २१ लाख १५ हजार चार सय ८१ रुपैयाँको कारोवार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै