• २०८१ बैशाख ८ शनिबार

कर्मचारीद्वारा राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रमा तालाबन्दी 

kharibot

काठमाडौं । नेपालको एकमात्र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कर्मचारीहरुले समयमै तलब नपाएको तथा दरबन्दीको विषयमा कार्यालयले अन्यौलता सिर्जना गरेको भन्दै केन्द्रमा तालबन्दी गरेका छन् ।

तलब , दरबन्दी , संस्थाभित्रको आर्थिक पारदर्शताको विषयमा कर्मचारीहरु अन्यौल रहेको भन्दै विगत ४ दिनदेखि आन्दोलनरत कर्मचारीहरुले केन्द्रमा तालाबन्दी गरेका छन् ।
कर्मचारीको आन्दोलनका कारण केन्द्रका कार्यकारी निर्देशक डा.सिद्धार्थकुमार ठाकुर कार्यकक्षमा प्रवेश गर्न पाएका छैनन् ।

करार सम्झौता अनुसार पाउनुपर्ने तलब भत्ता समयानुसार नपाएको तथा सो कुराको जानकारी निर्देशकलाई गराँउदा पनि कुनै सम्बोधन नभएको भन्दै बाध्य भएर तालाबन्दी गर्नु परेको केन्द्रका कर्मचारी संर्घष समितिका संयोजक जय भण्डारीले बताए ।‘

सम्पूर्ण कर्मचारीको स्थायीत्वको प्रक्रिया अगाडी बढाई उचित व्यवस्थापन गरियोस् र यस भन्दा अगाडी भएको ओएनएम सर्भे पछिको प्रगतिको विषयमा जानकारी नदिदाँ आन्दोलन गर्न परेको हो ’, भण्डारीले भने ।

 केन्द्रमा कर्मचारी , उपकरण लगायतका विभिन्न समस्या देखा परेको छ भने केन्द्रमा आउने आर्थिक सहयोगमा समेत पारदर्शीता नभएको कर्मचारीहरुको भनाई  छ । कर्मचारीको तलब सुविधा नपाउनुको साथै अस्थायी तथा स्थायी दरबन्दीको लागि समेत निर्देशक ठाकुरले कुनै पहल नगरेको कर्मचारीको भनाई छ ।

यस्तै करार सम्झौता समयमा नगर्दा समेत सरकारले दिने सेवा सुविधाबाट कर्मचारीहरु वञ्चित हुन पुगेका छन् .। 

तालाबन्दीबाट पर्न जाने सम्पूर्ण असुविधाको जिम्मेवारी पनि स्वयं कार्यालयले नै लिनुपर्ने कर्मचारीहरुको भनाई छ । 

केन्द्रका निर्देशक डा.ठाकुरले  हाल कर्मचारीहरुले गरेका आन्दोलन भावनात्मक मात्र भएको बताए । उनले तलब नपाएको हुदाँ कर्मचारीले आन्दोलन गरेको बताँउदै कर्मचारीहरुको समस्या १० दिनभित्र समाधान गर्ने बताए । 

यस्तै केन्द्रमा रहेका अनुसन्धानकर्ताहरुले भने छिमेकी मुलुक चीनले दिएको करोडौं मूल्य बराबरको उपकरणहरु सञ्चालनमा नल्याई जीर्ण अवस्थामा पुग्दा कार्यालयले ध्यान नदिएको अरोप लगाएका छन् ।

हाल केन्द्रका ६३ जना कर्मचारीले तलब नपाएको ४ महिना भएको छ । विगत ८ वर्ष देखि जुनसुकै निर्देशक आएपनि आश्वसन मात्र दिने मात्र काम गरेको कर्मचारीहरुको गुनासो रहेको छ ।

माग पुरा नभए आन्दोलन कडा पार्दै जाने संर्घष समितिले जनाएको छ । 

आन्दोलनरत कर्मचारीहरुको माग :

१)    सम्पूर्ण कर्मचारीको स्थायीत्वको प्रक्रिया अगाडी बढाई उचित व्यवस्थापन गरियोस् र यस भन्दा अगाडी भएको ओएनएम सर्भे पछिको प्रगति कहाँ सम्म पुग्यो भन्ने कर्मचारीलाई अवगत गराउनु पर्ने । 
२)    नेपाल सरकारको प्रचलित नियमअनुसार सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउनु पर्ने र विगत ४ महिना देखि रोकिएको तलब भत्ता तत्काल उपलब्ध गराउनु पर्ने ।
३)    कर्मचारीहरुको करार सम्झौता विगत ४ महिना देखि नभएको हुँदा तुरुन्त करार सम्झौता गरियोस् साथै करारा अवधि सकिए पछि मात्र करार अवधिको सुरु मै हस्ताक्षर गराउनु पर्ने र करार अवधि पनि २÷३  महिना भन्दा नेपाल सरकारको नियमानुसार अवधिको गराउने प्रवृत्तिको सुरुवात गरियोस् ।
४)    अबका दिनदेखि पनि समस्या समाधान नभएको खण्डमा सशक्त कदम चाल्न वाध्य हुने साथै सरोकारवाला सम्पूर्ण ठाँउहरुबाटै समस्याको हल थालियोस् । स्वास्थ्य मन्त्रालय र केन्द्र प्रमुख लिखित प्रतिवद्धता आउनु पर्ने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै