• २०८१ बैशाख ६ बिहीबार

उपसचिव प्रेमप्रसाद सञ्जेललाई अख्तियारको पत्र 

kharibot

काठमाडौं । भ्रष्टचारविरुद्ध कडा रुपमा प्रस्तुत भएकोले सरुवा भएको भन्दै चर्चामा आएका उपसचिव प्रेमप्रसाद सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ ।

हाल श्रम कार्यालय, बिराटनगरको प्रमुखका रुपमा कार्यरत सञ्जेललाई सरकारले निर्वाचन आयोगको कार्यालयमा सरुवा गरेको थियो । निर्वाचन आयोगको कार्यालयमा हाजिर नभएको अवस्थामा खाना, खाजा र प्रोत्साहन भत्ता दिएको अख्तियारमा उजुरी परेपछि पत्र काटिएको छ ।

अख्तियारले त्यसबारे बुझ्नुपर्ने भएको भन्दै सञ्जेललाई ३ दिनभित्र आयोगको सम्पत्ति अनुसन्धान तथा मुल्याङ्कन महाशाखामा उपस्थित हुन भनेको छ । 

सञ्जेल सर्वोच्चको आदेश पछि पूर्ववत श्रम कार्यालय, बिराटनगरको प्रमुखका रुपमा काममा फर्किएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै