काठमाडौं । भ्रष्टचारविरुद्ध कडा रुपमा प्रस्तुत भएकोले सरुवा भएको भन्दै चर्चामा आएका उपसचिव प्रेमप्रसाद सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ ।
हाल श्रम कार्यालय, बिराटनगरको प्रमुखका रुपमा कार्यरत सञ्जेललाई सरकारले निर्वाचन आयोगको कार्यालयमा सरुवा गरेको थियो । निर्वाचन आयोगको कार्यालयमा हाजिर नभएको अवस्थामा खाना, खाजा र प्रोत्साहन भत्ता दिएको अख्तियारमा उजुरी परेपछि पत्र काटिएको छ ।
अख्तियारले त्यसबारे बुझ्नुपर्ने भएको भन्दै सञ्जेललाई ३ दिनभित्र आयोगको सम्पत्ति अनुसन्धान तथा मुल्याङ्कन महाशाखामा उपस्थित हुन भनेको छ ।
सञ्जेल सर्वोच्चको आदेश पछि पूर्ववत श्रम कार्यालय, बिराटनगरको प्रमुखका रुपमा काममा फर्किएका छन् ।