भार भिलेन बनेपछि म्यानचेस्टर सिटी च्याम्पियन्स लिगबाट बाहिरियो 

खरीबोट

काठमाडौं । म्यानचेस्टर सिटी च्याम्पियन्स लिगबाट नाटकीय रुपमा बाहिरएको छ ।

गएराती सम्पन्न खेलमा ४-३ गोल अन्तरको नतिजा निकाले पनि पहिलो लिगको १-० अन्तरको हारका कारण समग्रमा ४-४ को नतिजा सहित टोटनह्याम च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । टोटनह्याम पहिलो लिगमा सिटीविरुद्ध गरेको गोलका आधारमा सेमिफाइनलमा पुगेको हो ।

सिटीको च्याम्पियन्स लिगबाट बहिर्गमनमा भिडियो असिस्टेन्ट रेफ्री (भार) ले भिलेनको भूमिका खेलेको थियो । खेलको इन्जुरी समय ९३औ मिनेटमा सिटीका रहिम स्टरलिङले गोल गरेपनि भारले गोल अफसाइड भएको भन्दै अस्वीकृत गरेपछि सिटी च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।

यसअघि भएको सनसनीपूर्ण खेलमा खेलको पहिलो २१ मिनेट भित्र नै दुवै टिमबाट कुल ५ गोल भएको थियो । जसमा सिटीले ३ र टोटनह्यामले २ गोल गरेको थियो । सिटीका लागि स्टरलिङले २ गोल र बेर्नार्डो सिल्भाले एक गोल गरेका थिए भने टोटनह्यामका सन हेंग मिनले २ गोल गरेका थिए । त्यसपछि दोस्रो हाफको ५९औ मिनेटमा सिटीअक सर्जियो अग्युरोले गोल थप्दै सिटीका लागि चौथो गोल गरे भने खेलको ७३औ मिनेटमा टोटनह्यामका लोरेन्टले गोल गर्दै टोटोनह्यामलाई खेलमा फर्काएका थिए ।

योसँगै टोटोनह्याम क्लबको इतिहासमा दोस्रो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि टोटनह्याम सन् १९६१-६२ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको थियो ।

अब सेमिफाइनलमा टोटनह्यामले अयाक्सविरुद्ध अप्रिल ३० र मे ७ मा गरी दुवै लिग खेल्ने छ ।       
 

सम्बन्धित समाचार

बार्सिलोनामा च्याम्पियन्स लिग जित्न चाहन्छु – ग्रीजम्यान 

काठमाडौँ । एन्टोनी ग्रीजम्यानले बार्सिलोनामा १७ नम्बरको जर्सी लगाउने भएका छन् । गएराती बार्सिलोनाको घरेलु मैदानमा ग्रीजम्यानको अफिसियल स्वागत गरिएको थियो । बार्सिलोनासँग औपचारिक सम्झौता गर्दै ग्रीजम्यानलाई बार्सिलोनामा स्वागत गरिएको

रोनाल्डोको गोल च्याम्पियन्स लिगको यस सिजनको उत्कृष्ट गोल

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडविरुद्ध समुह चरणमा गरेको गोल च्याम्पियन्स लिगको यस सिजनको उत्कृष्ट गोल छनौट भएको छ । यस सिजनको च्याम्पियन्स लिगको टप १० गोलको सुची युइएफएले बनाएको ९

च्याम्पियन्स लिगको सिजन टिममा लिभरपुलका ६ खेलाडी

काठमाडौँ । च्याम्पियन्स लिग सकिए सँगै यस सिजनको च्याम्पियन्स लिगको टिमको घोषणा गरिएको छ । युइएफएले घोषणा गरेको २० सदस्यीय च्याम्पियन्स लिगको यस सिजनको टिममा विजेता लिभरपुलबाट मात्र ६ खेलाडी परेका

च्याम्पियन्स लिग फाइनलमा युवती कपडा खोलेर मैदानमा प्रवेश गरेपछि...

काठमाडौँ । स्पेनको क्लब एथलेटिको म्याड्रिडको घरेलु मैदान मड्रिडस्थित मेट्रोपोलिटानो मैदानमा गएराती सम्पन्न लिभरपुल र टोटनह्यामबीच च्याम्पियन लिगको फाइनल खेल चलिरहदा एक युवती आफ्ना कपडा खोलेर मैदानमा प्रवेश गरेको विषय


z