• २०८१ बैशाख ११ मंगलबार

भार भिलेन बनेपछि म्यानचेस्टर सिटी च्याम्पियन्स लिगबाट बाहिरियो 

kharibot

काठमाडौं । म्यानचेस्टर सिटी च्याम्पियन्स लिगबाट नाटकीय रुपमा बाहिरएको छ ।

गएराती सम्पन्न खेलमा ४-३ गोल अन्तरको नतिजा निकाले पनि पहिलो लिगको १-० अन्तरको हारका कारण समग्रमा ४-४ को नतिजा सहित टोटनह्याम च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । टोटनह्याम पहिलो लिगमा सिटीविरुद्ध गरेको गोलका आधारमा सेमिफाइनलमा पुगेको हो ।

सिटीको च्याम्पियन्स लिगबाट बहिर्गमनमा भिडियो असिस्टेन्ट रेफ्री (भार) ले भिलेनको भूमिका खेलेको थियो । खेलको इन्जुरी समय ९३औ मिनेटमा सिटीका रहिम स्टरलिङले गोल गरेपनि भारले गोल अफसाइड भएको भन्दै अस्वीकृत गरेपछि सिटी च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।

यसअघि भएको सनसनीपूर्ण खेलमा खेलको पहिलो २१ मिनेट भित्र नै दुवै टिमबाट कुल ५ गोल भएको थियो । जसमा सिटीले ३ र टोटनह्यामले २ गोल गरेको थियो । सिटीका लागि स्टरलिङले २ गोल र बेर्नार्डो सिल्भाले एक गोल गरेका थिए भने टोटनह्यामका सन हेंग मिनले २ गोल गरेका थिए । त्यसपछि दोस्रो हाफको ५९औ मिनेटमा सिटीअक सर्जियो अग्युरोले गोल थप्दै सिटीका लागि चौथो गोल गरे भने खेलको ७३औ मिनेटमा टोटनह्यामका लोरेन्टले गोल गर्दै टोटोनह्यामलाई खेलमा फर्काएका थिए ।

योसँगै टोटोनह्याम क्लबको इतिहासमा दोस्रो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि टोटनह्याम सन् १९६१-६२ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको थियो ।

अब सेमिफाइनलमा टोटनह्यामले अयाक्सविरुद्ध अप्रिल ३० र मे ७ मा गरी दुवै लिग खेल्ने छ ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै