• २०८१ बैशाख १२ बुधबार

लिभरपुल लगातार दोस्रो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा

kharibot

काठमाडौं । लिभरपुल लगातार दोस्रो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । 

गएराती सम्पन्न खेलमा लिभरपुलले पोर्चुगलको क्लब पोर्टोलाई ४-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६-१ को नतिजासहित च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।

लिभरपुलको जितमा साडियो माने, मोहमद सलाह, रोबोर्टो फिर्मिनो र भिर्गिल भान डी जीकले एक एक गोल गरेका थिए । त्यस्तै पोर्टोका लागि एडर मिलिटाओले एक गोल फर्काएका थिए ।

च्याम्पियन्स लिगको इतिहासमा लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्ने लिभरपुल तेस्रो क्लब बनेको छ । यअघि म्यानचेस्टर युनाइटेड र चेल्सी सन् २००६-७ र २००८-९ मा लगातार च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका थिए ।

लिभरपुलले अब सेमिफाइनलमा स्पेनिस क्लब बार्सिलोनाको सामना गर्ने छ । सेमिफाइनलका दुवै लिग अप्रिल ३० र मे ७ मा हुने छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै