नेपाल कुवेतविरुद्ध खेल्दै, यस्तो छ विश्वकपमा छनौटको सम्भावना

खरीबोट

काठमाडौँ । यू-१९ विश्वकप क्रिकेटको एशिया स्तरको छनौट अन्तर्गत आज अन्तिम खेल हुदै छन् । नेपाली युवा टिमले आज कुवेतविरुद्ध खेल्दै छ ।

युएईविरुद्ध बर्षाले प्रभावित बनेपछि एक रनको हार बेहोर्न पुगेको नेपाली टिमलाई विश्वकप खेल्ने सपनामा सोहि खेल भिलेन बन्नेस्थित बनेको छ । 

आज हुने खेलमा नेपालले जित हासिल गरेर मात्र नेपाल विश्वकपमा हुने छैन, त्यसका लागि युएई ओमानसँग पराजित समेत हुनेपर्ने स्थिति रहेको छ ।

हाल एशिया स्तरको यू-१९ छनौट खेलिरहेका ६ देशबाट एक देश मात्र विश्वकपमा छनौट हुने हुनाले अहिलेसम्म युएई प्रतियोगितामा अपराजित हुदै शिर्ष स्थानमा रहेको छ । आज ओमानसँग युएई पराजित भएमा र नेपालले कुवेतलाई पराजित गरेको खण्डमा मात्र नेपालको अर्कोबर्ष हुने यू-१९ विश्वकपमा स्थान पक्का हुने छ ।

ओमानसँग युएई पराजित भएमा र नेपालले कुवेतलाई पराजित गरेमा नेपाल र युएईको अंक बराबर हुने र नेपालको रनरेट राम्रो भएका कारण नेपाल छनौट हुने सम्भावना रहको देखिन्छ ।

अहिलेसम्मका छनौट खेलमा युएई अपराजित हुदै ४ खेलमा नै जित हासिल गरेको छ भने नेपाल र कुवेतले ४ मध्ये ३-३ खेलमा जित हासिल गरेका छन् । त्यस्तै ओमान र सिंगापुर ३-३ खेलमा हार बेहोरेका छन् भने आयोजक मलेसियाले चार वटै खेलमा हार बेहोरेको छ ।

सम्बन्धित समाचार

नेपाल बन्यो यू-१९ को इस्टर्न रिजनको च्याम्पियन

काठमाडौँ । एशियन क्रिकेट काउन्सिल (एसीसी) यू-१९ को इस्टर्न रिजन २०१९ प्रतियोगिता अन्तर्गत नेपालले हङकङलाई पराजित गर्दै उपाधि जितेको छ । हङकङले दिएको ९६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४

फाइनलमा हङकङ ९५ रनमा समेटियो

काठमाडौँ । एशियन क्रिकेट काउन्सिल (एसीसी) यू-१९ को इस्टर्न रिजन २०१९ प्रतियोगिता अन्तर्गत हङकङले नेपाललाई ९६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको हङकङले ४३.१ ओभरमा अल आउट

हङकङविरुद्ध सागर ढकालको घातक बलिङ, लिए ५ विकेट

काठमाडौँ । एशियन क्रिकेट काउन्सिल (एसीसी) यू-१९ को इस्टर्न रिजन २०१९ प्रतियोगिता अन्तर्गत आज नेपाल र हङकङ फाइनलमा खेल्दै छन् । फाइनल खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । यस क्रममा

यू-१९ इस्टर्न रिजनको फाइनलमा नेपाल र हङकङ खेल्दै

काठमाडौँ । एशियन क्रिकेट काउन्सिल (एसीसी) यू-१९ को इस्टर्न रिजन २०१९ प्रतियोगिता अन्तर्गत आज नेपाल र हङकङ फाइनलमा खेल्दै छन् । आज हुने फाइनल खेल नेपाली समय ७:४५ बजे बिहान किनरारा


z