• २०८१ बैशाख ८ शनिबार

नेपाल कुवेतविरुद्ध खेल्दै, यस्तो छ विश्वकपमा छनौटको सम्भावना

kharibot

काठमाडौँ । यू-१९ विश्वकप क्रिकेटको एशिया स्तरको छनौट अन्तर्गत आज अन्तिम खेल हुदै छन् । नेपाली युवा टिमले आज कुवेतविरुद्ध खेल्दै छ ।

युएईविरुद्ध बर्षाले प्रभावित बनेपछि एक रनको हार बेहोर्न पुगेको नेपाली टिमलाई विश्वकप खेल्ने सपनामा सोहि खेल भिलेन बन्नेस्थित बनेको छ । 

आज हुने खेलमा नेपालले जित हासिल गरेर मात्र नेपाल विश्वकपमा हुने छैन, त्यसका लागि युएई ओमानसँग पराजित समेत हुनेपर्ने स्थिति रहेको छ ।

हाल एशिया स्तरको यू-१९ छनौट खेलिरहेका ६ देशबाट एक देश मात्र विश्वकपमा छनौट हुने हुनाले अहिलेसम्म युएई प्रतियोगितामा अपराजित हुदै शिर्ष स्थानमा रहेको छ । आज ओमानसँग युएई पराजित भएमा र नेपालले कुवेतलाई पराजित गरेको खण्डमा मात्र नेपालको अर्कोबर्ष हुने यू-१९ विश्वकपमा स्थान पक्का हुने छ ।

ओमानसँग युएई पराजित भएमा र नेपालले कुवेतलाई पराजित गरेमा नेपाल र युएईको अंक बराबर हुने र नेपालको रनरेट राम्रो भएका कारण नेपाल छनौट हुने सम्भावना रहको देखिन्छ ।

अहिलेसम्मका छनौट खेलमा युएई अपराजित हुदै ४ खेलमा नै जित हासिल गरेको छ भने नेपाल र कुवेतले ४ मध्ये ३-३ खेलमा जित हासिल गरेका छन् । त्यस्तै ओमान र सिंगापुर ३-३ खेलमा हार बेहोरेका छन् भने आयोजक मलेसियाले चार वटै खेलमा हार बेहोरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै