बालिका बलात्कृत, आरोपी पक्राउ

खरीबोट

गुल्मी । गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए ।

मामाघर गएर आमासँगै घर फर्कने क्रममा मियाँले बालिकालाई घरसम्म पुर्याइदिन्छु भन्दै बुधबार मोटरसाइकलमा लिएर आएको र बाटोमै बालिकालाई पैसा दिने प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

कसैलाई नभन्नु भन्दै बालिकालाई रु ५०० दिएर फरार भएका मियाँलाई जिल्ला प्रहरी कार्यालय र अर्घाखाँची जिल्लाको अर्घातोष प्रहरी चौकीको संयुक्त प्रहरी टोलीले एउटा घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

निजलाई जबर्जस्ती करणी अभियोगमा मुद्दा चलाइने प्रहरी उपरीक्षक बस्नेतले बताए ।

सम्बन्धित समाचार

रोनाल्डोमाथि लागेको ‘बलात्कार’ को आरोपमाथि छानबिन नहुने

काठमाडौँ । फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि लागेको ‘बलात्कार’ को आरोपमाथि अब छानबिन नहुने भएको छ । प्रयाप्त प्रमाण नपुगेको भन्दै यस प्रकरणमा लासभेगासको डिस्ट्रिक्ट एटोर्नी अफिसले रोनाल्डोमाथि लगाइएको बलात्कारको आरोपमाथि अगाडी छानबिन

बलात्कारी दश वर्षका लागि कारागार चलान

खोटाङ । बालिकालाई जबर्जस्ती बलात्कार गरेको मुद्दामा दोषी ठहरिएका साकेला गाउँपालिका–५ मात्तिम (साबिकको मात्तिम–७) का ३४ वर्षीय तेजबहादुर राई कारागार चलान भएका छन् । २०६६ साल असार २३ गते एक

बलात्कारको आरोपमा एक पक्राउ

ओखलढुङ्गा । बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ

बलात्कारको सहयोगी पक्राउ

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ माध्यमिक विद्यालयमा एक किशोरीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । झुक्याएर मदिरा खुवाई १४ वर्षीयामाथि बलात्कारमा सहयोग गरेको


z