• २०८१ बैशाख ८ शनिबार

कलंकको रेकर्ड ओपनिङ, विश्लेषकको खराब रिभ्यू  

kharibot

काठमाडौँ । बलिवुडमा बुधबार रिलिज भएको मल्टिस्टार फिल्म कलंकले पहिलो दिन यस बर्षकै धेरै कलेक्सन गरेको छ ।

कलंकले यस बर्ष रिलिज भएका फिल्म मध्ये अहिलेसम्म धेरै कलेक्सन गरेको हो ।

बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले बुधबार २१ करोड ६० लाख कलेक्सन गरेको छ ।

यस बर्ष रिलिज भएको अक्षय कुमारको फिल्म केशरीले पहिलो दिन २१ करोड ६ लाख कलेक्सन गरेको थियो भने रनबीर सिंह, आलिया भट्टको फिल्म गली ब्वायले पहिलो दिन १९ करोड ४० लाख कलेक्सन गरेको थियो । त्यस्तै टोटल धमालले १६ करोड ५० लाख कलेक्सन गरेको थियो ।

कलंकमा आलिया भट्ट, वरुण धवन, सोनाक्षी सिन्हा, माधुरी दीक्षित, सञ्जय दत्त र आदित्य राय कपूरलगायतका कलाकारले अभिनय गरेका छन् । 

यो फिल्म वरुण धवन र आलिया भट्टको अहिलेसम्मको करिअरको सबैभन्दा ठूलो ओपनर बनेको छ । यसअघि दुईको फिल्मले पहिलो दिन यति व्यापार गर्न सकेको थिएन ।

ठूलो बजेटमा बनेको यो फिल्मबाट दर्शकमा ठूलो अपेक्षा थियो । तर फिल्म विश्लेषकले भने फिल्मको खराब रिभ्यु दिएका छन् । धेरै जसो फिल्म विश्लेषकले फिल्मलाई ५ मा २ रेटिंग दिएका छन् । फिल्मले पहिलो दिन उत्कृष्ट सुरुवात गरेपनि आगामी दिनमा कलेक्सनमा असर गर्ने देखिएको छ । यद्यपी फिल्म बुधबार रिलिज भएकाले ५ दिनको विकेन्डको फाइदा हुने बताइएको छ । 

यो एक पिरियड ड्रामा फिल्म हो, जुन १९४० को ब्याकड्रपमा बनाइएको छ । फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् भने यस फिल्मलाई अभिषेक वर्मनले निर्देशन गरेका हुन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै