• २०८१ बैशाख १३ बिहीबार

नेप्सेमा दोहोरो अंकले बृद्धि, चार समुहले गुमाए

kharibot

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्सेमा दोहोरो अंकले बृद्धि भएको छ ।

नेप्से आज १५ दसमलव २२ अंकले बढेर १२ सय ३२ दसमलव २६ बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ९९ अंकले बढेर दुई सय ६५ दसमलव ५६ बिन्दुमा चढेको छ ।

एक सय ६५ कम्पनीहरुको आठ हजार नौ सय १३ वटा कारोवारमा २४ लाख ३३ हजार दुई सय ७५ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुदा कारोवार रकम ७४ करोड ४१ हजार चार सय २५ रुपैयाँको कारोवार भएको छ ।  

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा छ वटा समुहले कमाएकाछन भने चार वटा समुहले गुमाएकाछन् । यी मध्ये बाँणिज्य बैंक समुहको सुचक २५ दसमलव ३५ अंकले बढेर ११ सय २१ दसमलव ६९ बिन्दुुमा चढेकोमा बिकास बैंक समुहको सुचक शुन्य दसमलव ७२ अंकले बढेर १५ सय आठ दसमलव ६६ बिन्दुमा चढेको छ ।

होटल, लघुबित्त, उत्पादमुलक र अन्य समुहको सुचक पनि बढेकाछन । निर्जिवन बीमा समुहको समुहको सुचक १३ दसमलव ३२ अंकले घटेर पाँच हजार चार सय ६८ दसमलव ८९ अंकमा झरेको छ । जीवन बीमा, जलबिद्युत र फाईनान्स समुहको सुचक पनि घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेपाल एसबिआई बैंकको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ५० पैसाले बढेर चार सय ६० रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको माउन्टेन हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ९४ पैसाले बढेर ९५ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा परेको कुमारी बैंकको प्रतिकित्ता सेयर मुल्य दुई सय ६८ रुपैयाँ अन्तिम मुल्यमा आठ करोड १० लाख ११ हजार पाँच सय ९३ रुपैयाँको कारोवार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै