विश्वकप क्रिकेटको लागि दक्षिण अफ्रीकाको १५ सदस्यीय टिमको घोषणा

खरीबोट

काठमाडौं । आइसीसी क्रिकेट विश्वकपका लागि दक्षिण अफ्रीकाले १५ सदस्यीय खेलाडीको घोषणा गरेको छ ।

आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपका लागि दक्षिण अफ्रीकाका खेलाडीको घोषणा गरिएको हो ।

विश्वकपका लागि दक्षिण अफ्रीकाको कप्तानमा फाफ डु प्लेसिसलाई कप्तान बनाइएको छ । 

दक्षिण अफ्रीकाको विश्वकप खेल्ने खेलाडीहरुमा फाफ डु प्लेसिस (कप्तान), हसिम अमला, क्वान्टेन डी कक, जेपी डुमनी, एइडन मार्क्रम, डेभिड मिलर, लुंगी एनगीडी, एंरीच नोर्त्जे, एण्डल फेहलुकवायो, डवाने प्रेटोरिओस, कागीसो रबाडा, टबराज शाम्सी, डेल स्टेन, इमरान ताहिर र रस्से भान डेर डुसेन रहेका छन् ।

दक्षिण अफ्रीकाको लागि कोलिन इन्ग्राम क्रिस मोरिस जस्ता खेलाडीले भने टिममा स्थान बनाउन असफल भएका छन् ।

विश्वकपमा दक्षिण अफ्रीकाले आफ्नो पहिलो खेल आयोगक इङल्याण्डसँग मे ३० मा खेल्दै छ । यसअघि सम्पन्न ११ पटकको विश्वकपमा दक्षिण अफ्रिका अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन । विश्वकपमा दक्षिण अफ्रीका अभागी टिमको रुपमा चिनिन्छ ।      
 

सम्बन्धित समाचार

विश्वकप खेल्ने पाकिस्तानी टोलीमा तीन परिवर्तन, आमीर टिममा फर्किए  

काठमाडौं । आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपका लागि पाकिस्तानले १५ सदस्यीय टिममा तीन परिवर्तन गरेको छ । यस अघि गत बैशाख ५ गते

वेस्टइन्डिजका ब्राभो र पोलार्ड विश्वकपको वैकल्पिक सुचिमा 

काठमाडौँ । वेस्टइन्डिज क्रिकेट बोर्डले दुई चर्चित खेलाडीलाई विश्वकप क्रिकेटको वैकल्पिक खेलाडीको सुचिमा राखेको छ । गत बर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका ड्वाने ब्राभो र अर्का खेलाडी केरोन पोलार्डलाई विश्वकपको वैकल्पिक

विश्वकप क्रिकेट विजेताले पाउने पुरस्कार राशी बढ्यो, कति पाउछ पुरस्कार ?

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप नजिकिदै गर्दा आइसीसीले विश्वकप विजेताले पाउने पुरस्कार राशीको घोषणा गरेको छ । आइसीसीका अनुसार १२औ संस्करणको विश्वकप क्रिकेट विश्वकप विजेताले ४ मिलियन डलर अर्थात ४० लाख

नेपालले विश्वकप क्रिकेट लिग-२ को पहिलो सिरिज किर्तिपुरमा खेल्ने  

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलहरु आयोजनाका निम्ति कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । भारतमा हुने


z