• २०८१ बैशाख ६ बिहीबार

विश्वकप क्रिकेटको लागि दक्षिण अफ्रीकाको १५ सदस्यीय टिमको घोषणा

kharibot

काठमाडौं । आइसीसी क्रिकेट विश्वकपका लागि दक्षिण अफ्रीकाले १५ सदस्यीय खेलाडीको घोषणा गरेको छ ।

आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपका लागि दक्षिण अफ्रीकाका खेलाडीको घोषणा गरिएको हो ।

विश्वकपका लागि दक्षिण अफ्रीकाको कप्तानमा फाफ डु प्लेसिसलाई कप्तान बनाइएको छ । 

दक्षिण अफ्रीकाको विश्वकप खेल्ने खेलाडीहरुमा फाफ डु प्लेसिस (कप्तान), हसिम अमला, क्वान्टेन डी कक, जेपी डुमनी, एइडन मार्क्रम, डेभिड मिलर, लुंगी एनगीडी, एंरीच नोर्त्जे, एण्डल फेहलुकवायो, डवाने प्रेटोरिओस, कागीसो रबाडा, टबराज शाम्सी, डेल स्टेन, इमरान ताहिर र रस्से भान डेर डुसेन रहेका छन् ।

दक्षिण अफ्रीकाको लागि कोलिन इन्ग्राम क्रिस मोरिस जस्ता खेलाडीले भने टिममा स्थान बनाउन असफल भएका छन् ।

विश्वकपमा दक्षिण अफ्रीकाले आफ्नो पहिलो खेल आयोगक इङल्याण्डसँग मे ३० मा खेल्दै छ । यसअघि सम्पन्न ११ पटकको विश्वकपमा दक्षिण अफ्रिका अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन । विश्वकपमा दक्षिण अफ्रीका अभागी टिमको रुपमा चिनिन्छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै