• २०८१ बैशाख ७ शुक्रबार

विश्वकप क्रिकेट खेल्ने पाकिस्तानी टिमको घोषणा, मोहमद आमिर परेनन् 

kharibot

काठमाडौं । आइसीसी क्रिकेट विश्वकपका लागि पाकिस्तानले १५ सदस्यीय खेलाडीको घोषणा गरेको छ ।

आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपका लागि पाकिस्तानले आफ्ना खेलाडीको घोषणा गरिएको हो ।

विश्वकपका लागि पाकिस्तानको कप्तानमा सरफराज अहमद रहेका छन् । त्यस्तै पाकिस्तानको टिममा तिब्र गतिका बलर मोहमद आमिर परेका छैन । 

पाकिस्तानको विश्वकप खेल्ने खेलाडीहरुमा सरफराज अहमद (कप्तान, अबिद अली, बबर आजम, फहीम अश्रफ, फाखर जमान, हरिस सोहेल, हसन अली, इमाद वाशिम, इमाम उल हक, जुनैद खान, मोहमद हाफिज, मुहमद हसनैन, शदाब खान, शाहीन शाह अफ्रिदी र शोएब मल्लिक रहेका छन् ।

विश्वकपमा पाकिस्तानले आफ्नो पहिलो खेल मे ३१ मा वेस्टइन्डिजविरुद्ध खेल्दै छ । यसअघि सम्पन्न ११ पटकको विश्वकपमा पाकिस्तानले सन् १९९२ मा अहिलेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानको नेतृत्वमा विश्वकप जितेको थियो ।

त्यस्तै पाकिस्तान सन् १९९९ मा विश्वकपको फाइनलमा पुगेर अस्ट्रेलियासँग पराजित भएको थियो ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै