• २०८१ बैशाख ७ शुक्रबार

बिस्केट जात्रा सम्पन्न

kharibot

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा विहिबारदेखि सम्पन्न भएको छ ।

गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर शुरु भएको जात्रा विहिबार साँझ गःहिटीबाट भैरवको रथ तानेर सम्पन्न गरिएको हो । 

विक्रम संवत्अनुसार सौरमासको आधारमा चल्ने यो जात्रा नव वर्षको चार दिन अघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ । 

जात्राको आज अन्तिम दिन साँझ ५:३० बजेबाट गःहिटीबाट भैरवको रथ तानेर वंशगोपालतर्फ लगिएको छ । स्थानीयले गःहिटीबाट तल र माथिका बासिन्दाले माथितर्फ गरी आ–आफ्नो क्षेत्रमा लैजान रथ तानेका हुन् । स्थानीयले रथ तानेर वंशगोपालसम्म पु¥याएपछि रथलाई पुन फर्काएर भैरवको मूर्तिलाई देवता घरमा लगेपछि जात्रा सम्पन्न गरिने परम्परा छ । जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न महानगरीय प्रहरी परिसरले भक्तपुर र काठमाडौँबाट आएको एक हजार ३०० प्रहरी परिचालन गरेको थियो ।

जात्रामा ढुङ्गा हानाहान हुने र हिंसा हुनसक्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिए । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तान्ने गर्दछन् । 

रथलाई तानी सकेपछि आजै रातीसम्म रथलाई पाँचतले मन्दिर अगाडि तौमढीमा लगेर राखी रथबाट भैरव देवतालाई झिकेर मन्दिरमा लगेर विराजमान गराएपछि जात्रा सम्पन्न गरिन्छ ।

बिस्केट जात्रा बिःसीत (नागनागिन म¥यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको छ । भक्तपुरको कुमाले टोलमा चैत ३० गते उठाइएको लिङ्गो र मध्यपुरथिमिको बोडे महालक्ष्मी मन्दिर अगाडि उठाइएको लिङ्गोसमेत ढालिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै