• २०८१ बैशाख ११ मंगलबार

गौरव शिक्षक र अनु पत्रकार बनेको फिल्म ‘पसिना’ को ट्रेलर सार्वजनिक

kharibot

काठमाडौँ । यही बैशाख २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको मजदुरहरुको कथाव्यथामा निर्मित फिल्म ‘पसिना’ को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको ट्रेलरमा मजदुरहरुले भोग्नु परेको समस्यालाई देखाउन खोजिरहेको छ । आर.बि. खत्री ‘शरद’ ले फिल्म निर्देशन गरेका हुन् । 

फिल्मको सार्वजनिक ट्रेलरमा अभिनेता गौरव पहारी शिक्षक र अभिनेत्री अनु शाह पत्रकारको भूमिकामा देखिएका छन् । दुईले एकसाथ स्क्रिन साझेदारी गरेको यो पहिलो फिल्म हो ।

फिल्ममा अभिनेता सरोज खनाल पुलिस अफिसरको भूमिकामा छन् । रवि गिरी, ध्रुव कोइराला, शारदा गिरीलगायतका कलाकारको पनि फिल्ममा अभिनय रहेको छ । 

‘पसिना’ मा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजिव समिरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ । निर्देशक खत्रीको कथा रहेको फिल्मको निर्माता शान्ता ढकाल हुन् भने, कार्यकारी निर्माता सञ्जय महत्तो हुन् । यस फिल्मलाई राम केसीले खिचेका हुन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै