• २०८१ बैशाख १३ बिहीबार

भारतीय काँग्रेस नेता हार्दिक पटेललाई मंचमा थप्पड हानियो (भिडियो सहित)

kharibot

नयाँ दिल्ली । भारतीय काँग्रेस पार्टीका नेता हार्दिक पटेललाई गुजरातमा चुंव प्रचारको भाषण गरिरहेका बेला एक व्यक्तिले थप्पड हानेका छन् ।

शुक्रबार पटेललाई स्थानीय एक व्यक्तिले भाषण गर्दागर्दै मञ्चमै झापड हानेका हुन् । नेतामाथि झापड प्रहार गर्ने व्यक्तिलाई मानिसहरूले बेस्सरी कुटपिट गरेका थिए। उनलाई बचाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

नेता पटेललाई झापड हानेको भिडियो अहिले भारतमा भाइरल भइरहेको भारतीय मिडियाले जनाएका छन् ।भिडियोमा पटेलले सभालाई सम्बोधन गरिरहेका छन्, त्यसैबेला एक व्यक्ति नजिकै आउँछन् र पटेलको गालामा झापड हान्न थाल्छन्। त्यही बेला मन्चमा रहेका मानिसहरुले झापड हान्ने व्यक्तिलाई समात्छन् र पिट्न थाल्छन्। हार्दिकलाई थप्पड हान्ने व्यक्ति गुजरातको कडी भन्ने ठाउका तरुण मिश्र रहेको बताइएको छ ।

दुई दिनअघि मात्र भारतीय जनता पार्टीका प्रवक्ता जीवीएल नरसिम्हा रावमाथि जुत्ता प्रहार भएको थियो ।

मिडिया रिपोर्टका अनुसार हार्दिकले थप्पड हान्ने व्यक्तिका विरुद्ध प्रहरीमा रिपोर्ट दर्ता गरेका छन् । घटना पछि हार्दिकका समर्थकले ति व्यक्तिलाई कुटपिट गरेपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

भारतको गुजरातमा भएको पाटिदार आन्दोलनका अगुवा हार्दिकलाई अहिले अदालतले चुनाव लड्न प्रतिबन्ध लगाएको भएपनि उनले अहिले काँग्रेस पार्टीको प्रचार गरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै