‘रोनाल्डो युभेन्टसका भविष्य हुन्’

खरीबोट

काठमाडौँ । युभेन्टसका म्यानेजर मासीमिलियानो अल्लेग्रीले क्रिस्टियानो रोनाल्डो युभेन्टसको भविष्य भएको बताएका छन् ।

पत्रकारहरुसँग कुरा गर्दै च्याम्पियन्स लिगबाट बाहिरिए पनि रोनाल्डो युभेन्टसको भविष्य रहेको उनले बताएका हुन् । रोनाल्डोले युभेन्टस छोड्ने मिडिया रिपोर्टहरु सार्वजनिक भएपछि म्यानेजर अल्लेग्रीले यस्तो बताएको विश्वास गरिएको छ । मिडिया रिपोर्टमा रोनाल्डोले युभेन्टसमा ४ बर्षको सम्झौता गरेपनि उनी च्याम्पियन्स लिगबाट बाहिरिएपछि यस सिजनको अन्त्यमा क्लब छोड्ने उल्लेख गरिएको थियो ।

युभेन्टसका लागि गत मंगलबार अयाक्सविरुद्ध सुरुवाती गोल गरेपनि रोनाल्डो युभेन्टसलाई च्याम्पियन्सलिगबाट बाहिरिन रोक्न नसकेको आरोप लगाइएको छ । यस सिजनमा युभेन्टसका लागि २६ गोल गरेका रोनाल्डो च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले अहिलेसम्म च्याम्पियन्स लिगमा १२६ गोल गरेका छन् । अल्लेग्रीले भने, ‘रोनाल्डोको यो सिजन उत्कृष्ट रहेको छ, च्याम्पियन्स लिगमा हामी बाहिरिएका छौ, रोनाल्डो र युभेन्टसले च्याम्पियन्स लिगको ग्यारेन्टी गर्न सक्दैन । फुटबलमा धेरै पक्ष हुन्छन्, जसले परिणामलाई निर्धारित गर्दछ ।’

उनले अगाडी भने, ‘रोनाल्डो युभेन्टसका भविष्य हुन् । यस सिजनमा उनले राम्रो गरेका छन् र आउदो सिजनमा झन् उत्कृष्ट गर्ने छन् । रोनाल्डो च्याम्पियन्स लिगमा अरु खेलाडी जस्तै दुखि छन्, जुन स्वाभाविक हो ।’

युभेन्टसले शनिबार सिरी ए अन्तर्गत फियोरेन्टिनाको सामना गर्दै छ । यस खेलमा जित हासिल गरेमा युभेन्टसले यस सिजनको सिरी एको उपाधि जित्ने छ । च्याम्पियन्स लिगबाट बाहिरिए पनि अल्लेग्रीले युभेन्टसका फ्यानलाई सिरी ए उपाधिको जितमा सामेल हुन् तयार रहन आव्हान गरेका छन् । 

सम्बन्धित समाचार

घरेलु मैदानमा युभेन्टस बराबरीमा रोकियो 

काठमाडौँ । इटालियन सिरी ए को महारथी युभेन्टस सिजनको अन्तिम लिग खेलमा बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस एटलान्टाविरुद्ध १-१ गोलको बराबरीमा रोकिएको हो । एटलान्टाका लागि खेलको ३३औ

रोनाल्डो बने सिरी ए को 'प्लेयर अफ द इयर'

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले यस सिजनको इटालियन सिरी ए को प्लेयर अफ द सिरिजको उपाधि जितेका छन् । यसअघि यस्तै अवार्ड रोनाल्डोले इङल्याण्ड र स्पेनमा पनि जितेका थिए । पहिलो सिजनमै

जलाटन इम्ब्राहिमोविचलाई दुई खेलको प्रतिबन्ध

काठमाडौँ । स्विडेनका फुटबलर जलाटन इम्ब्राहिमोविचलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । मेजर लिग सकर (एमएलएस) लिगमा एलए ग्यालेक्सीबाट खेलिरहेका इम्ब्रहिमोविचलाई न्युयोर्कसिटीविरुद्धको गत शनिबारको खेलमा सिटीका गोलकिपरलाई हानेको आरोपमा उनलाई दुई

प्रशिक्षक अल्लेग्रीले युभेन्टस छोड्ने घोषणा 

काठमाडौँ । इटालियन फुटबलको महारथी टिम युभेन्टसले आफ्ना प्रशिक्षक मासीमिलियानो अल्लेग्रीले यस सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेको छ । युभेन्टसले एक विज्ञप्ति प्रकाशित गर्दै अल्लेग्री अर्को सिजनमा क्लबसँग नहुने घोषणा


z