• २०८१ बैशाख १३ बिहीबार

‘रोनाल्डो युभेन्टसका भविष्य हुन्’

kharibot

काठमाडौँ । युभेन्टसका म्यानेजर मासीमिलियानो अल्लेग्रीले क्रिस्टियानो रोनाल्डो युभेन्टसको भविष्य भएको बताएका छन् ।

पत्रकारहरुसँग कुरा गर्दै च्याम्पियन्स लिगबाट बाहिरिए पनि रोनाल्डो युभेन्टसको भविष्य रहेको उनले बताएका हुन् । रोनाल्डोले युभेन्टस छोड्ने मिडिया रिपोर्टहरु सार्वजनिक भएपछि म्यानेजर अल्लेग्रीले यस्तो बताएको विश्वास गरिएको छ । मिडिया रिपोर्टमा रोनाल्डोले युभेन्टसमा ४ बर्षको सम्झौता गरेपनि उनी च्याम्पियन्स लिगबाट बाहिरिएपछि यस सिजनको अन्त्यमा क्लब छोड्ने उल्लेख गरिएको थियो ।

युभेन्टसका लागि गत मंगलबार अयाक्सविरुद्ध सुरुवाती गोल गरेपनि रोनाल्डो युभेन्टसलाई च्याम्पियन्सलिगबाट बाहिरिन रोक्न नसकेको आरोप लगाइएको छ । यस सिजनमा युभेन्टसका लागि २६ गोल गरेका रोनाल्डो च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले अहिलेसम्म च्याम्पियन्स लिगमा १२६ गोल गरेका छन् । अल्लेग्रीले भने, ‘रोनाल्डोको यो सिजन उत्कृष्ट रहेको छ, च्याम्पियन्स लिगमा हामी बाहिरिएका छौ, रोनाल्डो र युभेन्टसले च्याम्पियन्स लिगको ग्यारेन्टी गर्न सक्दैन । फुटबलमा धेरै पक्ष हुन्छन्, जसले परिणामलाई निर्धारित गर्दछ ।’

उनले अगाडी भने, ‘रोनाल्डो युभेन्टसका भविष्य हुन् । यस सिजनमा उनले राम्रो गरेका छन् र आउदो सिजनमा झन् उत्कृष्ट गर्ने छन् । रोनाल्डो च्याम्पियन्स लिगमा अरु खेलाडी जस्तै दुखि छन्, जुन स्वाभाविक हो ।’

युभेन्टसले शनिबार सिरी ए अन्तर्गत फियोरेन्टिनाको सामना गर्दै छ । यस खेलमा जित हासिल गरेमा युभेन्टसले यस सिजनको सिरी एको उपाधि जित्ने छ । च्याम्पियन्स लिगबाट बाहिरिए पनि अल्लेग्रीले युभेन्टसका फ्यानलाई सिरी ए उपाधिको जितमा सामेल हुन् तयार रहन आव्हान गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै