• २०८१ बैशाख १४ शुक्रबार

विष्णु पौडेलद्वारा आरोप पुष्टि गर्न चुनौती 

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले आफूमाथि लागेको सरकारी जग्गा अनियमितताको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै महासचिव पौडेलले आफुले नवलपरासीको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारको ८ आना जग्गा कानुन अनुसार नै किनेको दाबि गर्दै आफूमाथि लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।

महासचिव पौडेलले आफुले सो जग्गा किन्दा कुनै सार्वजनिक पदमा नरहेको बताउदै आफुले उमा ढकाल र माधवी सुवेदीबाट सो जग्गा नियमअनुसार नै किनेको जानकारी दिएका छन् । उनले २०६४ सालमा रुपन्देहीबाट संबिधान सभाको सदस्य बन्द र पछि मन्त्री बन्द समेत सम्पत्ति विवरणमा सो जग्गा उल्लेख गरेको बताउदै राज्यले गर्ने कुनै पनि किसिमको छनबिन आफुलाई स्वीकार्य हुने बताएका छन् ।

साथै यस प्रकरणमा सरकारले तुरुन्त छनबिन गरेर यथार्थ बाहिर आओस भन्ने आफ्नो चाहना रहेको बताएका छन् ।

पौडेलले जारी गरेको विज्ञप्ति :

   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै