• २०८१ बैशाख ६ बिहीबार

‘जात्रै जात्रा’ को नयाँ गीत ‘जीवन जात्रा हो’ रिलिज 

kharibot

काठमाडौँ । आउँदो जेठ ३ गतेलाई रिलिज तोकिएको प्रतिक्षीत फिल्म ‘जात्रै जात्रा’ को नयाँ गीत रिलिज गरिएको छ ।

‘माया पिरिम’ बोलको गीतले फिल्मको लोभलाग्दो हाइप निर्माण गरिरहेको अवस्थामा निर्माण टिमले शुक्रवार नयाँ गीत रिलिज गरेको हो ।

‘जीवन जात्रा हो’ शिर्षकको यस गीतमा स्वर र संगीत कालीप्रसाद बास्कोटाको रहेको छ भने शब्द अर्जुन भट्टराईको रहेको छ । गीतमा कलाकार रविन्द्र झा, विपिन कार्की र रविन्द्र सिंह बानियाँलाई फिचर गरिएको छ । 

प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । यस फिल्मको ट्रेलर वैशाख १३ गते सार्वजनिक हुँदैछ । 

यस फिल्ममा अभिनेता दयाहाङ राई, विपिन कार्की, कलाकार रविन्द्र झा र रविन्द्र सिंह बानियाँ अभिनेत्री बर्षा राउत, कलाकार राजाराम पौडेलसहित प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको अभिनय छ ।

मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ष्ठले खिचेका हुन् । यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै