• २०८१ बैशाख ८ शनिबार

बेलुन डोअर बहस : रोनाल्डो बाहिरिए, मेसी निर्विकल्प ! 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिगबाट युभेन्टस बाहिरिएसँगै यस सिजनको बेलुन डो अरको विजयी बार्सिलोनाका लियोनेल मेसी निर्विक्लप भएको बहस सुरु भएको छ ।

पछिल्लो १० बर्ष विश्व फुटबलमा राज गरेका क्रिस्टियानो रोनाल्डो र मेसी अहिले पनि फुटबलमा सबैभन्दा उत्कृष्ट खेलाडी रहेका छन् ।

ब्राजिलका चर्चित खेलाडी रिभाल्डोले बेलुन डोअरको बहस सुरु गर्दै रोनाल्डो च्याम्पियन्स लिगबाट बाहिरएपछि अब मेसी बेलुन डोअरको निर्विकल्प उम्मेदवार भएको बताएका छन् । उनले मेसीले च्याम्पियन्स लिग नजितेपनि यस सिजनको बेलुन डो अर जित्ने दाबि गरेका छन् ।

२००८  मा ब्राजिलका काकाले बेलुन डो अर जितेपछि २०१७ सम्म रोनाल्डो र मेसीले पालै पालो ५-५ पटक बेलुन डो आर जितेका थिए । २०१८ मा यसक्रमलाई भंग गर्दै क्रोसियाका लुका मोड्रीचले यो अवार्ड जितेका थिए ।

रोनाल्डोको कुरा गर्दा उनले जितेका ५ बेलुन डो अर मध्ये ४ बेलुन डो अर च्याम्पियन्स लिग जितेपछि जितेका हुन् । गत बर्ष उनले च्याम्पियन्स लिग जितेपनि बेलुन डोअर जित्न असफल भएका थिए ।

रोनाल्डोले २००८, २०१३, २०१४, २०१६ र २०१७ मा बेलुन डो आर जिते भने ६ पटक उपविजेता बनेका थिए । त्यस्तै मेसीले २००९, २०१०, २०११, २०१२ र २०१५ मा बेलुन डो अर जितेका थिए भने ५ पटक उपविजेता बनेका थिए ।

यस बर्ष मेसीलाई टक्कर दिने भने कोहि देखिएको छैन । मेसीले यस सिजनमा बार्सिलोनाका लागि सबै प्रतियोगितामा अहिलेसम्म ४२ खेलमा ४५ गोल गरिसकेका छन् । त्यस्तै मेसीएल यस सिजनमा कुल २१ गोल असिस्ट समेत गरेर आफ्नो उत्कृष्ट फर्म देखाएका छन् । मेसीले ला लिगामा ३३ गोल गरेका छन् ।

त्यस्तै पिएसजीबाट खेल्ने फ्रान्सका किलियन एम्बाप्पेले ३४ गोल गरेका छन् । रोनाल्डोले भने युभेन्टसका लागि यस सिजनमा ३८ खेलमा २६ गोल गरेका छन् ।

अब यस सिजनमा मेसी बार्सिलोनालाई ला लिगाको उपाधि जिताउने तयारीमा छन् भने कोपा डेल रेको समेत फाइनलमा पुगेका छन् । त्यस्तै च्याम्पियन्स लिगमा सेमिफाइनलमा लिभरपुलसँग प्रतिष्पर्धा गर्दै छ । तिनै प्रतियोगितामा बार्सिलोनालाई उपाधि जित्ने फेभरेट टिम मानिएको छ ।

त्यस्तै रोनाल्डो भने च्याम्पियन्स लिगबाट बाहिरिए पनि इटालियन सिरी ए को उपाधि भने अब लगभग युभेन्टसले जित्ने छ । त्यो बाहेक युभेन्टसका लागि रोनाल्डोको थप भूमिका यस सिजनमा सकिएको छ यद्यपी रोनाल्डोले प्रिमियर लिग, ला लिगा र सिरी ए उपाधि जितेर नयाँ रेकर्ड बनाउने संघारमा भने छन् । त्यसैले पनि यस सिजनका लागि उनी बेलुन डो अरको रेसबाट बाहिरिएका हुन् ।

यसरी समग्रमा यस सिजनमा मेसीलाई रोक्न मुश्किल देखिएको छ र उनी बेलुन डो अरका पनि निर्विकल्प उमेद्वार बनेका छन् ।
 
       
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै