• २०८१ बैशाख १३ बिहीबार

नासाको टेसले पत्ता लगायो पृथ्वीजस्तै अर्को ग्रह !

kharibot

नासाको ग्रहहरूबारे अन्वेषण गर्ने पछिल्लो स्याटेलाइट टेसले ५३ प्रकाश बर्ष टाढा रहेर एउटा तारालाई परिक्रमा गरिरहेको पृथ्वीको जस्तै आकार भएको ग्रह पत्ता लगाएको छ ।

त्यसैगरी एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित रिपोर्टका अनुसार द ट्रान्जिटिंग एक्जोप्लानेट सर्भे स्याटेलाइट (टेस)ले एक वरुण ग्रहजत्रो आकार भएको अर्को तातो ग्रह पनि सोही सौर्यमण्डलमा फेला पारेको छ ।  

‘यो निकै उत्साहजनक कुरा छ कि एक वर्ष अघि मात्रै लन्च गरिएको टेसले ग्रहहरू पत्ता लगाउने अभियानमा निकै उल्लेख्य काम गरेको छ’, कार्नेजी इन्स्टिच्युसन् फर साइन्स, अमेरिकाका जोआना टेस्केले संचारमाध्यमलाई बताएका छन् ।

उक्त अन्तरिक्षयानले आकाशको सर्भेक्षण गर्ने र आफूहरूले टेससँग सहकार्य गरेर रोचक खालका ग्रहहरूलाई जमिनमा रहेका टेलिस्कोपहरू र अन्य उपकरणहरूको सहायताले थप अवलोकनका गर्ने उनले एक विज्ञप्तिमार्फत बताएका छन् ।

चिलीमा रहेको मेगेलन २ टेलिस्कोपको यस्तै एउटा ग्रह पत्ता लगाउने स्पेक्टोग्राफले यस अन्वेषणमा महत्वपूर्ण भूमिका खेलेको थियो, जसले टेसले पठाएको संकेतमा ग्रहमा हुनुपर्ने जस्तो गुण छ कि छैन भनेर निश्चित गरेको थियो । साथै यसबाट भर्खरै पत्ता लागेको वरुणजस्तो ग्रहको वजन पनि मापन गरिएको थियो ।

प्लानेट फाइन्डर स्पेक्टोग्राफ(पीएफएस) ले रेडियल भेलोसिटीको प्रयोग गरेर काम गर्छ, जो अहिले खगोलविदहरूका लागि ग्रहहरूको वजन मापन गर्ने एक मात्र उपलब्ध विधि हो । वजन पत्ता नलगाइकन कुनै पनि ग्रहको घनत्व र त्यसको सामान्य केमिकल वनावट अनुमान गर्न सम्भव हुँदैन ।

यो विधिले कुनै पनि ताराको गुरुत्वाकर्षणले आफ्नो वरिपरि परिक्रमा गर्ने ग्रहलाई मात्र प्रभाव नपार्ने भएर ग्रहको गुरुत्वाकर्षणले पनि उल्टै तारालाई प्रभाव पार्छ भन्ने तथ्यबाट मद्दत लिन्छ । पीएफएसले खगोलविदहरूलाई ग्रहको गुरुत्वाकर्षणले ताराको कक्षमा बनाउने ससाना अस्थिर चाललाई टिपोट गर्न सहयोग गर्छ । यसरी पत्ता लागेका ग्रहहरू बारे थप जानकारी हाँसिल गर्न पीएफएस एक महत्वपूर्ण उपकरण बन्ने बताइएको छ ।

३६ दिन लगाएर आफ्नो कक्षको परिक्रमा गर्ने एचडी २१७४९ बी नामाकरण गरिएको वरुणजस्तो ग्रहको टेसले अहिलेसम्म पत्ता लगाएका ग्रहहरूमध्ये सबैभन्दा धेरै समयावधि रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । यसको ताराको भने हाम्रो सूर्यको भन्दा ८० प्रतिशत वजन रहेको र यो पृथ्वी भन्दा ५३ प्रकाश वर्ष टाढा रहेको छ ।

एचडी २१७४९ बीको वजन पृथ्वीको भन्दा २३ गुणा बढी छ र अर्धव्यास पृथ्वीको भन्दा २.७ गुणा बढी रहेको छ । यसको घनत्वले यस ग्रहमा पर्याप्त वायुमण्डल रहेको संकेत गर्छ तर चट्टानयुक्त भने छैन । त्यसैले यसले खगोलविदहरूलाई यस्ता खाले ग्रहहरूको उत्पत्ति र वनावटबारे अध्ययन गर्न सहयोग पुर्याउने अनुमान गरिएको छ ।

२०१८ को अप्रिलमा नासाले टेसलाई अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । सेप्टेम्बरमा टेसले पि मेन सी नाम दिइएको आफ्नो पहिलो एक्सोप्लानेट (हाम्रो सौर्यप्रणालीभन्दा बाहिरको ग्रह) फेला पारेको थियो, जसको वजन पृथ्वीको भन्दा ४.८ गुणा ठूलो रहेको थियो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै