कंगना आधी रातमा मेरो कोठामा आएकी थिइन् – ऋतिक रोशन 

खरीबोट
ad

मुम्बई । बलिवुडमा पछिल्लो समय चर्चित रहेको ऋतिक रोशन र कंगना रनावतको विवाद प्रकरणमा हरेक दिन नयाँ कुरा सार्वजनिक भैरहेका छन् ।

ऋतिक रोशनले एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिदै आफु र  कंगनाबीच कुनै सम्बन्ध नभएको बताएका छन् ।

अन्तर्वार्ताको क्रममा ऋतिकले क्रिस-३ फिल्म सुटिंगको क्रममा कंगना आधीरातमा आफ्नो कोठमा आएको बताउदै आफुले आफ्ना सहायकलाई भनेर उनलाई फिर्ता पठाएको बताएका छन् । उनले अहिलेसम्म एक्लै कंगनालाई नभेटेको बताउदै पेरिसमा आफुले कंगनालाई प्रपोज गरेको कुरा सत्य नभएको बताएका छन् ।

ऋतिकले कंगनासँग सन् २००८ र २००९ मा काइट्स फिल्मको सुटिंगको क्रममा भेटेको बताउदै त्यस समयमा आफुहरु साथीको रुपमा रहेको बताएका छन् ।

कंगनाले अघिल्लो महिना ऋतिकलाई विभिन्न आरोप लगाउदै आफुलाई धोका दिएको बताएकी थिइन् । ऋतिकले आफ्नो इमेल ह्याक गरेको र पैसा र पहुँचको धम्कि दिएको आरोप लगाएकी थिइन् । दुबैको विवाद अहिले पनि अदालतमा रहेको छ ।

सम्बन्धित समाचार

रोल काटेको भन्दै सोनु सुदले छोडे कंगनाको फिल्म  'मणिकर्णिका' 

मुम्बई।  बलिवुड अभिनेत्री कंगना रनावत अहिले फेरी विवादमा रहेकी छन्। कंगनाको आउदै गरेको नयाँ फिल्म 'मणिकर्णिका' का प्रमुख अभिनेता सोनु सुदले फिल्म छोडेपछि कंगना विवादमा आएकी हुन्।  फिल्मको रिलिजको केहि महिना

फेरी भिड्दै ऋतिक र कंगना 

मुम्बई।  बलिवुडमा प्रेम प्रसंगबाट चर्चामा रहेका ऋतिक  रोशन र कंगना रनावत फेरी एक पटक भिड्ने भएका छन्।   उनीहरु दुवैको फिल्म अब एकै दिन रिलिज हुने खबरले फेरी दुवैबीचको पुरानो सम्बन्धका

अक्षय कुमार र रजनीकान्तलाई कंगना र टाइगरको 'काउन्टर'

बलिउड / बहुप्रतीक्षित फिल्म २.० को प्रदर्शन मिति यसअघि नै सार्वजनिक भइसकेको छ । २.० अप्रिल महिनाको २७ तारिखका दिन हलमा लाग्ने भएको भारतीय चलचित्र क्षेत्रका एक व्यापार विश्लेषक तारन

बलिवुडमा एक्लिदै कंगना

मुम्बई । बलिवुडमा ऋतिक-कंगना विवाद विस्तारै सेलाउदै गएपनि यसका साइड इफेक्टहरु भने देखिन थालेका छन् ।  कंगनासँगको विवाद पछि ऋतिकले सार्वजनिक रुपमा कंगनाको आरोपहरुलाई अस्विकार गर्दै आफ्नो बलियो पक्ष राखे पछि