यो सहरको विशाल अनन्तता
बीचमा कतै हराएको छ
यी अग्ला अग्ला घरहरूबाट
आईरहेको छ नीर्जीव गन्ध
अब म तिमीलाई सम्झदैछु
कि लेख्दैछु फेरि अर्को कविता
किन सुनसान लाग्दैछन् भीडहरु ?
किन कोही जीव भेटिदैनन् वसन्तपुर, असन, रत्नपार्कहरूमा ?
किन पार गर्न सकिरहेको छैन म यी निर्जन सडकहरू ?
आजकाल मेरा कामुक ओंठहरू
कठ्याङ्ग्रीएका छन् कलेटी पर्दै
र यौवनको जंगलमा लागेको छ डढेँलो
उस्तै धमिलै छ
चस्माले देखाएको मेरो संसार
उस्तै अमूर्त छ, मेरो मनमा तिम्रो नाम
कतै गएर बिलाउँछ मेरो आवाज
यो मौन शून्यतामा
कतै गएर हराउँछ मेरो पुकार
तिमीसम्म नपुग्दै
निस्सीम फैलिएको यो आकाशमा
छन त छ यौटा घाम पनि
छन त छन् जुन , तारा र बादल पनि
तर खै !
म एक्लै छु
फेरि एक्लै छु यो विशाल अनन्ततामा
यो महाशून्यतामा ।