काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत अहिले दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पंजावको सामना गर्दै छ ।
दिल्लीको घरेलु मैदान कोटलामा हुने यो खेल नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आजपनि दिल्लीको प्लेइङ एघारमा परेका छन् ।
यस अघिका तीन खेलमा सन्दीप टिममा थिएनन् । सन्दीप दिल्लीले यसअघि खेलेका सनराइजर्स हैदरावाद, कोलकोता नाइटराइडर्स र मुम्बई इण्डियन्सविरुद्ध बाहिर राखिएको थियो ।
पंजावविरुद्ध यस खेलमा दिल्लीले टस जितेर पहिला बलिङ गर्ने भएको छ । दिल्लीले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ ।
यस सिजनमा दिल्ली ९ खेलमा ५ खेलमा जित र ४ खेलमा हारको सामना गर्दै अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै पंजाव पनि अहिलेसम्म खेलेका ९ खेलमा ५ मा जित हासिल गर्दै १० अंकसहित चौथो स्थानमा रहेको छ ।
दिल्लीले आजको खेलमा तीन परिवर्तन गरेको छ । दिल्लीबाट आज सन्दीप लामिछाने, कोलिन इन्ग्राम र शेर्फान रुथरफोर्ड खेल्दै छन् ।
दिल्लीको प्लेइङ ११ : श्रेयस अयर (कप्तान), शिखर धवन, पृथ्वी शा, रिसभ पन्त, कोलिन इन्ग्राम, अक्सर पटेल, इशान्त शर्मा, शेर्फान रुथरफोर्ड, कागीसो राबडा, सन्दीप लामिछाने र अमित मिश्रा ।