• २०८१ बैशाख ६ बिहीबार

पंजावविरुद्ध सन्दीपले लिए गेल र राहुलसहित तीन विकेट 

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दिल्लीबाट खेल्दै किंग्स इलेभेन पंजावविरुद्ध ३ विकेट लिएका छन् ।

पंजावविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा ४० रन दिएर क्रिस गेल, केएल राहुल र साम कुरानलाई आउट गरेका हुन् ।

सन्दीपले पहिलो ओभरमा ११ रन दिएर केएल राहुललाई आउट गरेका थिए । त्यस्तै सन्दीपले दोस्रो ओभरमा सन्दीपले १६ रन दिएका थिए ।

त्यस्तै तेस्रो ओभरको पहिलो बलमा छक्का हानेका क्रिस गेल दोस्रो बलमा आउट गरेका थिए । त्यस्तै तेस्रो ओभरको अन्तिम बलमा साम कुरानलाई आउट गर्दै सन्दीपले ३ ओभरमा ३३ रन दिएर ३ विकेट लिएका थिए । सन्दीपले चौथो ओभरमा ७ रन दिएका छन् । 

सन्दीपले यसअघि खेलेका ४ खेलमा ५ विकेट लिएका थिए । प्रतियोगितामा सन्दीपले अहिलेसम्म कुल ५ खेलमा ८ विकेट लिएका छन् । 


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै