• २०८१ बैशाख ४ मंगलबार

पंजावविरुद्ध दिल्लीको महत्वपूर्ण जित, सन्दीप बने स्टाइलिस खेलाडी 

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पंजावलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा दिल्लीले पंजावलाई ५ विकेटले पराजित गरेको हो ।

पंजावले दिएको १६४ रनको लक्ष्य पछाएको दिल्लीले १९.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

दिल्लीका लागि कप्तान श्रेयस ऐयरले अविजित ५८ रन बनाए भने शिखर धवनले ५६ रन बनाएका थिए । त्यस्तै कोलिन इन्ग्रामले १९ र पृथ्वी शाले १३ रन बनाएका थिए ।

पंजावका बलर हार्डस भिजोएनले २ विकेट लिए भने मोहमद सामीले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पंजावले २० ओभरमा ७ विकेट गुमाउदै १६३ रन बनाएको थियो । पंजावका लागि क्रिस गेलले सर्वाधिक ६९ रन बनाएका थिए । त्यस्तै मनदीप सिंहले ३०, हरप्रीत सिंहले २०, आर आश्विनले १६ तथा केएल राहुलले १२ रन बनाएका थिए ।

दिल्लीका बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने कागीसो रबाड़ा र अक्सर पटेलले एक एक विकेट लिएका थिए ।

पंजावविरुद्ध सन्दीपले लिए गेल र राहुलसहित तीन विकेट 

सन्दीप लामिछानेले दिल्लीबाट खेल्दै किंग्स इलेभेन पंजावविरुद्ध ३ विकेट लिएका छन् ।

पंजावविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा ४० रन दिएर क्रिस गेल, केएल राहुल र साम कुरानलाई आउट गरेका हुन् ।

सन्दीपले पहिलो ओभरमा ११ रन दिएर केएल राहुललाई आउट गरेका थिए । त्यस्तै सन्दीपले दोस्रो ओभरमा सन्दीपले १६ रन दिएका थिए ।

त्यस्तै तेस्रो ओभरको पहिलो बलमा छक्का हानेका क्रिस गेल दोस्रो बलमा आउट गरेका थिए । त्यस्तै तेस्रो ओभरको अन्तिम बलमा साम कुरानलाई आउट गर्दै सन्दीपले ३ ओभरमा ३३ रन दिएर ३ विकेट लिएका थिए । सन्दीपले चौथो ओभरमा ७ रन दिएका छन् । 

सन्दीपले यसअघि खेलेका ४ खेलमा ५ विकेट लिएका थिए । प्रतियोगितामा सन्दीपले अहिलेसम्म कुल ५ खेलमा ८ विकेट लिएका छन् । सन्दीपले यस खेलमा स्टाइलिस प्लेयरको अवार्ड समेत जितेका छन् । खेलको प्लेयर अफ द म्याच भने कप्तान श्रेयस ऐयर बनेका छन् ।

प्रतियोगितामा १० खेलमा दिल्लीले ६ जित हासिल गर्दै १२ अंकसहित तेस्रो स्थानमा रहेको छ भने पंजावले १० खेलमा ५ जितसहित १० अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।

आइपिएल अन्तर्गत आज दुई खेल हुने छन् । पहिलो खेल सनराइजर्स हैदरावाद र कोलकोता नाइटराइडर्सबीच हेन छ भने दोस्रो खेल चेन्नई सुपरकिंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै