सिरी ए को उपाधिमा युभेन्टसको लगातार आठौँ पटक कब्जा 

खरीबोट

काठमाडौँ । युभेन्टसले इटालियन सिरी ए को उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा फियोरेन्टिनालाई २-१ गोल अन्तरले पराजित गर्दै युभेन्टसले यस सिजनको सिरी ए को उपाधि जितेको हो ।

युभेन्टसको जितमा एलेक्स सान्ड्रोले एक गोल गरे भने फियोरेन्टिनाका पेज्जेलाले एक गोल आत्मघाती गोल गरेका थिए । क्रिस्टियानो रोनाल्डोले हानेको बल पेज्जेलाको खुट्टामा लागेर गोल पोस्टमा छिरेपछि सो गोल आत्मघाती गोल भएको थियो । त्यस्तै फियोरेन्टिनाका लागि एक गोल निकोला मिलेनकोभिकले गरेका थिए ।

युभेन्टसले यो जितसहित ३३ खेलमा ८७ अंक हासिल गरेर यस सिजनको उपाधि ५ खेल अगाडी नै जितेको हो । दोस्रो स्थानमा रहेको नापोली ३२ खेलमा ६७ अंक मात्र रहेकाले युभेन्टसले ५ खेल अगाडी नै उपाधि जितेको हो । 

गएको साता अयाक्ससँग पराजित भएर च्याम्पियन्स लिगबाट बाहिरिएको युभेन्टसले लगातार आठौ पटक सिरी ए को उपाधि जितेको छ । युभेन्टसले सन् २०११-१२ सिजनदेखि सिरी ए को उपाधि लगातार जित्दै आएको छ । युभेन्टस २१ पटक उपविजेता बनेको छ ।

युरोपका ५ उत्कृष्ट लिगमा युभेन्टसले लगातार ८ पटक लिग उपाधि जितेर नयाँ रेकर्ड बनाएको छ । फ्रेन्च क्लब लियोनले लगातार ७ पटक लिगको उपाधि जितेर दोस्रो स्थानमा रहेको छ ।

यो सिरी ए को ८७औ सिजन हो भने सिरी ए को इतिहासमा युभेनता ले अहिलेसम्म ३५औ पटक सिरी ए को उपाधि जितेको छ ।

त्यस्तै एसी मिलान १८ पटक उपाधि जितेको छ भने १५ पटक उपविजेता बनेको छ । त्यसैगरि इन्टर मिलानले पनि १८ पटक सिरी ए को उपाधि जितेको छ भने १४ पटक उपविजेता बनेको छ ।
 

सम्बन्धित समाचार

टोटनह्यामसँग हार्यो युभेन्टस, केनले गरे निर्णायक गोल

काठमाडौँ । इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत सिंगापुरमा भएको खेलमा टोटनह्यामले युभेन्टसलाई पराजित गरेको छ । आइतबार भएको खेलमा टोटनह्यामले युभेन्टसलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी केनले

युभेन्टसद्वारा युवा सेन्टरब्याक डिलाइटलाई भित्र्याएको घोषणा

काठमाडौँ । नेदरल्याण्डसका १९ बर्षिय सेन्टर ब्याक माथिस डिलाइटले अन्तत: इटालियन क्लब युभेन्टससँग सम्झौता गरेका छन् । नेदरल्यान्ड्सको आयाक्सबाट युभेन्टसले ८४ मिलियन डलर खर्च गरेर डिलाइटलाई किनेको घोषणा गरेको छ । युरोपकै

युभेन्टसको नयाँ प्रशिक्षक बने माउरीजियो सारी 

काठमाडौँ । इटालियन कल्ब युभेन्टसले माउरीजियो सारीलाई नयाँ प्रशिक्षक बनाएको घोषणा गरेको छ । सारीले प्रिमियर लिग क्लब चेल्सीमा आफ्नो एक बर्षे कार्यकाल छोडेर युभेन्टसको प्रशिक्षक बनेका छन् । ६० बर्षिय

माउरीजियो सारी चेल्सी छोडेर युभेन्टसको प्रशिक्षक बन्ने

काठमाडौँ । माउरीजियो सारी युभेन्टसको प्रशिक्षक बन्ने लगभग निश्चित भएको छ । हाल चेल्सीक प्रशिक्षक रहेका सारी युभेन्टसको नयाँ प्रशिक्षक बन्ने तय भएको गोल डटकमले उल्लेख गरेको छ । युभेन्टससँग सहमति


z