• २०८१ बैशाख ८ शनिबार

नेपाली सेनाद्वारा डढेलो नियन्त्रण

kharibot

फाइल तस्बीर

भीमदत्तनगर । सामुदायिक वनमा लागेको डढेलो नेपाली सेनाको टोलीले नियन्त्रण गरेको छ । 

कञ्चनपुरको भीमदत्तनगरपालिका–३ तिलकपुरस्थित आज शहीद स्मृति सामुदायिक वनमा लागेको डढेलो यहाँस्थित नेपाली सेनाको सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकको टोलीले नियन्त्रणमा लिएको हो ।

सिंहशार्दूल गुल्मका निमित्त गुल्मपति सहसेनानी कृष्ण भण्डारीको नेतृत्वमा गएको सैनिक टोलीले डढेलो नियन्त्रणमा लिएको हो ।    निमित्त गुल्मपति सहसेनानी भण्डारीले सामुदायिक वनमा लागेको डढेलो तीन घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको जानकारी दिए ।

सैनिक टोलीसँगै सामुदायिक वन पदाधिकारी र स्थानीयवासीसमेत डढेलो नियन्त्रणमा जुटेका थिए । गर्मीबढेसँगै यहाँको राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा डढेलो लाग्ने क्रम शुरु भएको छ । 

केही दिनअघि पनि यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको केही भूभागमा लागेको डढेलो निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको देवी दल गण, मझगाउँ ब्यारेक र निकुञ्ज कर्मचारीले नियन्त्रणमा लिएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै