तीन देशका लिग जितेर रोनाल्डोले बनाए नयाँ रेकर्ड !

खरीबोट

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिग, ला लिगा र इटालियन सिरी ए जितेर नयाँ रेकर्ड बनाएका छन् ।

यसै सिजनको सुरुवातमा स्पेनिस क्लब रियल म्याड्रिड छोडेर इटालियन क्लब युभेन्टस पुगेका रोनाल्डोले गएराती सम्पन्न खेलमा फियोरेन्टिनालाई २-१ गोल अन्तरले पराजित गर्दै युभेन्टसले आठौ पटक लगातार सिरी ए को उपाधि जित्दा यस्तो रेकर्ड बनाएका हुन् ।

रोनाल्डो विश्व फुटबलका तीन महत्वपूर्ण लिग जित्ने पहिलो खेलाडी बनेका छन् । यस अघि स्विडेनका जलाटन इम्ब्रहिमोविचले स्पेन, इटाली, नेदरल्याण्ड र फ्रान्समा लिग उपाधि जितेपनि प्रिमियर लिगमा उपाधि जित्न सकेका थिएनन् ।

गत साता अयाक्ससँग पराजित भएर च्याम्पियन्स लिगबाट बाहिरिएको युभेन्टसले सिरी ए मा भने लगातार आफ्न दबदबा कायम नै राखेको छ । युभेन्टसले सन् २०११-१२ सिजनदेखि सिरी ए को उपाधि लगातार जित्दै आएको छ । युभेन्टस २१ पटक उपविजेता बनेको छ ।

युरोपका ५ उत्कृष्ट लिगमा युभेन्टसले लगातार ८ पटक लिग उपाधि जितेर नयाँ रेकर्ड बनाएको छ । फ्रेन्च क्लब लियोनले लगातार ७ पटक लिगको उपाधि जितेर दोस्रो स्थानमा रहेको छ ।

यो सिरी ए को ८७औ सिजन हो भने सिरी ए को इतिहासमा युभेन्टसले अहिलेसम्म ३५औ पटक सिरी ए को उपाधि जितेको छ ।

त्यस्तै एसी मिलान १८ पटक उपाधि जितेको छ भने १५ पटक उपविजेता बनेको छ । त्यसैगरि इन्टर मिलानले पनि १८ पटक सिरी ए को उपाधि जितेको छ भने १४ पटक उपविजेता बनेको छ ।  
 

सम्बन्धित समाचार

रोनाल्डोमाथि लागेको ‘बलात्कार’ को आरोपमाथि छानबिन नहुने

काठमाडौँ । फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि लागेको ‘बलात्कार’ को आरोपमाथि अब छानबिन नहुने भएको छ । प्रयाप्त प्रमाण नपुगेको भन्दै यस प्रकरणमा लासभेगासको डिस्ट्रिक्ट एटोर्नी अफिसले रोनाल्डोमाथि लगाइएको बलात्कारको आरोपमाथि अगाडी छानबिन

टोटनह्यामसँग हार्यो युभेन्टस, केनले गरे निर्णायक गोल

काठमाडौँ । इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत सिंगापुरमा भएको खेलमा टोटनह्यामले युभेन्टसलाई पराजित गरेको छ । आइतबार भएको खेलमा टोटनह्यामले युभेन्टसलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी केनले

मेसी बने विश्वको धेरै कमाउने खेलाडी

काठमाडौँ । लियोनेल मेसी विश्वको धेरै कमाई गर्ने खेलाडी बनेका छन् । मेसीले आफ्ना प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डो र नेइमारलाई पछि पार्दै पछिल्लो १२ महिनामा विश्वमा धेरै कमाई गर्ने खेलाडी बनेका

पोर्चुगल नेसन्स लिगको फाइनलमा, रोनाल्डोको ह्याट्रिक 

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसहित पोर्चुगल नेसन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनल खेलमा पोर्चुगलले स्विटजरल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा रोनाल्डोले ह्याट्रिक गरेका हुन्


z