• २०८१ बैशाख ११ मंगलबार

तीन देशका लिग जितेर रोनाल्डोले बनाए नयाँ रेकर्ड !

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिग, ला लिगा र इटालियन सिरी ए जितेर नयाँ रेकर्ड बनाएका छन् ।

यसै सिजनको सुरुवातमा स्पेनिस क्लब रियल म्याड्रिड छोडेर इटालियन क्लब युभेन्टस पुगेका रोनाल्डोले गएराती सम्पन्न खेलमा फियोरेन्टिनालाई २-१ गोल अन्तरले पराजित गर्दै युभेन्टसले आठौ पटक लगातार सिरी ए को उपाधि जित्दा यस्तो रेकर्ड बनाएका हुन् ।

रोनाल्डो विश्व फुटबलका तीन महत्वपूर्ण लिग जित्ने पहिलो खेलाडी बनेका छन् । यस अघि स्विडेनका जलाटन इम्ब्रहिमोविचले स्पेन, इटाली, नेदरल्याण्ड र फ्रान्समा लिग उपाधि जितेपनि प्रिमियर लिगमा उपाधि जित्न सकेका थिएनन् ।

गत साता अयाक्ससँग पराजित भएर च्याम्पियन्स लिगबाट बाहिरिएको युभेन्टसले सिरी ए मा भने लगातार आफ्न दबदबा कायम नै राखेको छ । युभेन्टसले सन् २०११-१२ सिजनदेखि सिरी ए को उपाधि लगातार जित्दै आएको छ । युभेन्टस २१ पटक उपविजेता बनेको छ ।

युरोपका ५ उत्कृष्ट लिगमा युभेन्टसले लगातार ८ पटक लिग उपाधि जितेर नयाँ रेकर्ड बनाएको छ । फ्रेन्च क्लब लियोनले लगातार ७ पटक लिगको उपाधि जितेर दोस्रो स्थानमा रहेको छ ।

यो सिरी ए को ८७औ सिजन हो भने सिरी ए को इतिहासमा युभेन्टसले अहिलेसम्म ३५औ पटक सिरी ए को उपाधि जितेको छ ।

त्यस्तै एसी मिलान १८ पटक उपाधि जितेको छ भने १५ पटक उपविजेता बनेको छ । त्यसैगरि इन्टर मिलानले पनि १८ पटक सिरी ए को उपाधि जितेको छ भने १४ पटक उपविजेता बनेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै