• २०८१ बैशाख १४ शुक्रबार

श्रीलंका ब्लाष्टमा मृतकको संख्या १२९ पुग्यो, चार सयभन्दा बढी घाइते   

kharibot

कोलम्बो । श्रीलंकाका विभिन्न चर्च र होटलमा भएको शृंखलाबद्ध ब्लाष्टमा १२९ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले अस्पताल स्रोतलाई उदृत गर्दै मृतकको संख्या १२९ पुगेको जानकारी दिएको छ । मृतकमा कम्तिमा ९ जना विदेशी नागरिक रहेको एएफपीले उल्लेख गरेको छ ।

घटनामा ४ सय जनाभन्दा बढी घाइते भएको बताइएको छ ।

श्रीलंकाका आर्थिक सुधार मन्त्री हर्ष डी सिल्भाले उद्धार र राहतको काम भैरहेको र आपतकालीन बैठक बस्न लागेको जानकारी दिएका छन् ।

बम ब्लास्ट कोच्चादाईस्थित सेंट एंथोनी चर्च,  नेगोंबो, शांगरी ला स्टार होटल, किंगफिशर स्टार होटल, सिनेमन ग्रांड स्टार होटल र बट्टीकोलामा भएको थियो । इष्टर पर्वको अवसरमा चर्चमा प्राथनाका लागि उपस्थित भएको बेला यी ब्लाष्ट भएका हुन् ।

घटनामा मृतकको संख्या अझै बढ्न सक्ने मिडिया रिपोर्टमा बताइएको छ ।

(एजेन्सीहरुको सहयोगमा)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै