• २०८१ बैशाख १२ बुधबार

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको पदक तालिकामा आर्मी अगाडी 

kharibot

नेपालगञ्ज । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबको अग्रता कायमै रहेको छ ।

अहिलेसम्म सम्पन्न खेलमा आर्मी क्लबले कूल १२९ पदक प्राप्त गरेको छ । आर्मी क्लबले हालसम्म ५५ स्वर्ण, ३९ रजत र ३५ कास्य पदक जितेको छ । नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी (एपीएफ) को टिमले भने ६९-६९ पटक जितेका छन् । 

जसमा नेपाल प्रहरीले २४ स्वर्ण, २३ रजत र २२ कास्यसहित कूल ६९ पदक प्राप्त गरी दोस्रो स्थानमा छ भने एपीएफले २२ स्वर्ण, १८ रजत र २९ कश्यसहित तेरो स्थानमा रहेको छ ।

यस्तै प्रदेश ३ ले ९ स्वर्ण, १६ रजत र ३४ कास्यसहित ५९ पदक जितेको छ । त्यस्तै प्रदेश १ ले ३ स्वर्ण, ९ रजत र ३१ कश्य पदक जितेको छ भने प्रदेश ५ ले ४ स्वर्ण, १२ रजत र २३ काश्य पदक जितेका छन् । त्यस्तै गण्डकी प्रदेशले ६ स्वर्ण, ९ रजत र २३ काश्य पदक गरि कुल ३८ पदक जितेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशले ७ स्वर्ण,  ५ जत र १५ कास्यसहित २७,  प्रदेश २ ले ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित १८ पदक प्राप्त गरेकोको छ ।

त्यस्तै कर्णाली प्रदेशले दुई स्वर्ण, एक रजत र दुई कास्यसहित पाँच पदक प्राप्त गरेको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआएन)ले एक स्वर्ण र तीन कास्य पदक जितेको छ ।

आठौ राष्ट्रिय खेलकुदमा अहिलेसम्म १३९ स्वर्ण, १३८ रजत र २२५ काश्य पदक विजेताको टुंगो लागिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै